एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली « Khabarhub

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पञ्चायतकालमा भूमिगत जीवन बिताइरहेका वामपन्थी नेताहरूलाई दोलखामा आश्रय दिएकी रनधता पोखरेलको निधन भएको छ ।

९१ वर्षीया पोखरेलको भक्तपुरको लोकन्थलीस्थित निवासमा बिहीबार साँझ निधन भएको हो । उनको आज पशुपति आर्यघाटमा अन्त्येष्‍टि गरिएको छ ।

पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तिहरू आर्यघाट पुगेका थिए । अध्यक्ष ओलीले दिवङ्गत पोखरेलको पार्थिव शरीरमा एमालेको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरे, एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, संघीय सांसद, प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री रचना खड्कालगायतले पनि श्रद्धाञ्जली अर्पण गरे ।

पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमा रहेकी रनधताले पञ्चायतकालमा भूमिगत राजनीतिक जीवन बिताइरहेका एमाले अध्यक्ष ओली, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरू अमृत बोहरा, केशव बडाल र माधव पौडेललगायतलाई दोलखामा आश्रय दिएकी थिइन् ।

लोकतन्त्र स्थापनाका लागि उनले पुर्‍याएको योगदानको स्मरण गर्दै नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

स्वर्गीय पोखरेलका दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ११ : ३७ बजे

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

काठमाडौं- जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका–१२ का

नेपालमा ‘रामायण’को आक्रामक ओपनिङ, पहिलो दिनमै ५० हजार दर्शक, कमाइ कति ?

काठमाडौं– तिहारको बिदा र बहुप्रतीक्षित फिल्मको आकर्षणले नेपाली सिनेमा हलमा

राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले आज

जनकपुरधाम–अयोध्याधामलाई रेलमार्गमा जोड्ने काम तीव्र

धनुषा– जनकपुरधाम र भारतको अयोध्या धामलाई रेलमार्गमार्फत जोड्ने काम तीव्र