सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ, पाण्डेविरुद्ध उजुरीकर्तासँग छलफल « Khabarhub

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ, पाण्डेविरुद्ध उजुरीकर्तासँग छलफल


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया सुरु गरेको छ। समितिले सुरुमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरिरहेको छ।

समितिमा जनक पाण्डेविरुद्ध परेको उजुरीमाथि छलफल भइरहेको छ।

पाण्डेकी पत्नी माया पुरी पाण्डेसहित परिवारका अन्य सदस्यविरुद्ध दर्ता भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै उजुरीकर्ताहरूले उनको नियुक्ति अनुमोदन गर्न नहुने माग गरेका छन्।

त्यसपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूलाई समितिमा बोलाएर सुनुवाइ गर्ने कार्यसूची छ।

न्यायपरिषद्ले गत २० असोजमा बागचन्द, सारू, पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  १२ : ०२ बजे

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

काठमाडौं- जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका–१२ का

नेपालमा ‘रामायण’को आक्रामक ओपनिङ, पहिलो दिनमै ५० हजार दर्शक, कमाइ कति ?

काठमाडौं– तिहारको बिदा र बहुप्रतीक्षित फिल्मको आकर्षणले नेपाली सिनेमा हलमा

राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले आज

जनकपुरधाम–अयोध्याधामलाई रेलमार्गमा जोड्ने काम तीव्र

धनुषा– जनकपुरधाम र भारतको अयोध्या धामलाई रेलमार्गमार्फत जोड्ने काम तीव्र