राष्ट्रपतिसँग सभामुखको भेटवार्ता « Khabarhub

राष्ट्रपतिसँग सभामुखको भेटवार्ता


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले आज भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवनमा भएको भेटवार्तामा उनीहरुबीच संसद्को आगामी अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

त्यसअवसरमा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने बताएका हुन् । संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका काम कारबाहीका विषयमा समेत चासो राखेका थिए ।

त्यसअवसरमा सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलबाट संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ ।

सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराए ।

त्यस्तै तान्जानियाको अरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुख अर्यालले राष्ट्रपति पौडेललाई अवगत गराएका थिए ।

सचिवालयका अनुसार सातवटै प्रदेशका सभामुख तथा उपसभामुखसहित प्रदेशसभाका पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाका विषयमा पनि सभामुख अर्यालले जानकारी गराएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  १ : २२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेट अभाव हुन दिन्नौँ : अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत,

विजय र अञ्जनाको भावुक अवतारमा ‘सिन्दुरे जात्रा’को फर्स्टलुक सार्वजनिक

काठमाडौं– ‘पूर्णबहादुरको सारङ्गी’बाट दर्शकको मन जितेको जोडी विजय बराल र

आफूलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) बाट आफूलाई हटाएर मनोजकुमार केसीलाई

आमा-छोरीको द्वन्द्वमा आधारित फिल्म ‘३६ को आँकडा’को टिजर सार्वजनिक

काठमाडौं– आमा र छोरीको सम्बन्ध सधैँ माया र आत्मीयताले मात्र

‘डलर ठगीका आरोपितले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाएर नियन्त्रणमा लियौँ’

काठमाडौं– डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने कार्यमा संलग्न