बालेन सरकारलाई डिलाको चेतावनी- राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेसमाथि षड्यन्त्र बन्द गर्नू « Khabarhub

बालेन सरकारलाई डिलाको चेतावनी- राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेसमाथि षड्यन्त्र बन्द गर्नू


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गरेर निराधार हल्ला चलाइरहेको आरोप लगाएकी छन् । 

रिपोटर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा सरकारले कुनै प्रमाणबिना १८ करोडको डिल भएको भन्ने भाष्य खडा गरेर सभापति थापालाई बद्नाम गराउन खोजेको आरोप लगाइन् । 

आफ्ना काला कर्तुत लुकाउनकै लागि बालेन सरकारले गगन थापालाई पक्रने हल्ला फैलाएको उनले बताइन् । महामन्त्री संग्रौलाले कांग्रेस लोकतन्त्र, गणतन्त्र, नागरिकका मौलिक अधिकार र प्रेस स्वतन्त्रताप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन् । 

राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेस बालेन सरकारसँग डराउने कुरै नहुने भन्दै महामन्त्री संग्रौलाले सरकारलाई षड्यन्त्र बन्द गर्न चेतावनी दिइन् 

उनले सरकारले न्यायालय, प्रहरी र सञ्चारजगतमाथि हस्तक्षेप बढाएको उल्लेख गर्दै यसबाट देशमा लोकतन्त्र नै संकटमा पर्ने हो कि भन्ने चिन्ता बढेको धारणा राखिन् । 

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ३ : ३३ बजे

अनुमतिबिना निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्ससहित पाँचमाथि कारबाही

काठमाडौं– निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन

धनतेरसका अवसरमा न्युरोडका सुनचाँदी पसलमा भीड (तस्बिरहरु)

काठमाडौं– तिहार सुरु भएसँगै आज धनतेरसका अवसरमा काठमाडौंको न्युरोड क्षेत्रमा

एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं- एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

गण्डकी– जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक

जितेन्द्र श्रेष्ठको ‘परदेशीको देउसी भैलो’ सार्वजनिक, आम्दानी बाढीपीडितलाई दिइने

काठमाडाैँ – रोजगारी तथा अवसरका लागि विदेशमा रहेका नेपालीले चाडपर्वका