एनपीएल सिजन ३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह « Khabarhub

एनपीएल सिजन ३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ । 

मोटरसाइकल पुरस्कार, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सम्मान र दर्शकका लागि विभिन्न गतिविधिमार्फत पल्सरले यस सिजन ‘गेम अफ पावर’लाई थप रोमाञ्चक बनाउँदैछ।

एनपीएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार बजाज पल्सरले प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र उत्कृष्ट उदीयमान खेलाडीलाई एक–एकवटा पल्सर मोटरसाइकल प्रदान गर्नेछ।

त्यसैगरी, प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रभाव पार्ने खेलाडीलाई ‘पल्सर पावर प्ले च्याम्पियन’ घोषित गरी २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

दर्शकले ‘पावर प्ले प्रेडिक्सन गेम’मार्फत प्रत्येक खेलको ‘पल्सर पावर प्ले च्याम्पियन’को अनुमान गर्न सक्नेछन्। सही अनुमानबाट अंक बटुल्दै लिडरबोर्डमा अगाडि बढ्ने सहभागीमध्ये शीर्ष तीन जनाले एनपीएल मैदानमा विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्ने विशेष अवसर पाउनेछन्। साथै, यस खेलमा सहभागीले हरेक म्याचमा स्मार्टवाच जित्ने अवसर पनि पाउनेछन्।

मैदानमा रहने ‘पल्सर इन्गेजमेन्ट जोन’मा दर्शकले पल्सरको ‘रिफाइन्ड एन्ड र’ पावरको अवधारणामा आधारित मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिमा सहभागी हुन सक्नेछन्। त्यस्तै, मैदानमा राखिने पल्सर मोटरसाइकलको प्रदर्शनीले दर्शकलाई ब्रान्डका विभिन्न मोडल नजिकबाट अवलोकन गर्ने अवसर दिनेछ।

यी गतिविधि मार्फत बजाज पल्सरले खेलकुदको प्रतिस्पर्धालाई सम्मान गर्दै दर्शकको सहभागिता र मैदानमा उनीहरूको अनुभवलाई थप अर्थपूर्ण बनाउने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ५ : ५५ बजे

बाढी पहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने कांग्रेसको निर्णय

ललितपुर– नेपाली कांग्रेसले गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा,

पोखराले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले

सेकाहा सामुदायिक क्लबलाई सङ्खुवासभा गोल्डकपको उपाधि

सङ्खुवासभा- खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सम्पन्न सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक

शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन पर्सा प्रशासनको अनुरोध

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न शुभ–दीपावली (तिहार), छठलगायत चाडपर्व शान्तिपूर्ण,

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

जनकपुरधाम– मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री भएका चारजना