काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।
खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।
आफूलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता
प्रहरी महानिरीक्षक (आईजीपी) बाट आफूलाई हटाएर मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । कार्कीले दायर गरेको रिट दुई दिनको छलफलपछि बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

अधिवक्ता टीकाबहादुर कुँवरमार्फत पेस गरिएको रिटमा मन्त्रीपरिषद्को बुधबारको निर्णय बदर गर्न र केसीलाई आईजीपीको हैसियतमा कुनै पनि कार्य गर्न नदिन अन्तरिम आदेशको माग गरिएको छ ।
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल, रजिस्ट्रार ठगिन्द्र कट्टेल र मुद्दा शाखाका प्रमुख अशोक क्षेत्रीबीचको छलफलपछि रिट दर्ता गर्ने निर्णय भएको हो ।
रविको अभिव्यक्तिपछि बालेनको जवाफ- ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
संविधानको जिम्मेवारी पालना गर्न प्रतिबद्ध छु : प्रस्तावित न्यायाधीश वाग्चन्द
बालेन सरकारलाई डिलाको चेतावनी- राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेसमाथि षड्यन्त्र बन्द गर्नू
शान्ति-सुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएका छन्।
प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा.मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्रीले चाडपर्वका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा समग्र शान्ति–सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिए ।
उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
‘न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिनेबारे सबैको सुझावबाट निष्कर्षमा पुगिन्छ’
रुकुम पश्चिममा बालविवाह अन्त्य गर्न मन्त्री बादीको निर्देशन
मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता
कमलाको ‘सयपत्री’ पौरख : तरकारी छोडेर फूल खेती (तस्बिरहरु)
तिहारको आगमनसँगै बागलुङ नगरपालिका–१ रामरेखा मैनडाँडाकी कमला थापाको व्यस्तता निकै बढेको छ । घर छेउको खेतमा हुर्किएका विरुवा र फक्रिएका फूल स्याहार्नु उनको दैनिकी बनेको छ । ती फूललाई ग्राहकसम्म पुर्याउन झनै भ्याइनभ्याइ छ ।

तीन वर्ष पहिलेसम्म गोलभेडा, बन्दा र काउली फल्ने खेतमा यतिबेला कमलाले सयपत्री फुलाएकी छन् । तरकारी खेती गर्दा बजार नपाउने समस्या थियो ।
विवादास्पद अडियोबारे गगन- ‘मेरा हात सफा छन्, निष्पक्ष छानबिनका लागि तयार छु’
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विवादास्पद अडियो प्रकरणमा आफ्नो नाम जोडिएपछि पार्टी सबै प्रकारका निष्पक्ष छानबिनका लागि तयार रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले आफू कुनै पनि गलत तथा अनैतिक गतिविधिमा संलग्न नरहेको दाबी गरेका छन् । उनले आफ्नो नैतिकतामाथि प्रश्न उठाउनुपर्ने कुनै आधार नरहेको जिकिर गर्दै कार्यकर्तालाई आफ्नो पक्षमा ढुक्क भएर बोल्न आग्रह गरेका छन् ।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियोमा आफ्नो नाम जोडिएको विषयमा आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ ।
उनले भने ‘अडियो कहाँ, कसले, कहिले र किन बोल्यो, त्यो अनुसन्धानको विषय हो। अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुटिन्छ’।
पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने प्रयासको प्रतिवाद गर्ने कांग्रेसको निर्णय
इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल
प्रस्तावित चार न्यायाधीशविरुद्ध भोली र पर्सी संसदीय सुनुवाइ गर्ने
रवि लामिछानेको स्पष्टीकरण- सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । बिहीबार चितवनमा सञ्चारकर्मीसंग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा स्पष्टता स्पष्ट रहेको भन्दै सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन् ।
उनले सरकार टिकाइराख्न वा पार्टीमा एकता कायम गर्न प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सी राखेर राख्ने किसिमको अभ्यासमा आफूहरू नरहेको उल्लेख गरे ।

सरकारले गर्ने काम र पार्टीले गर्ने काममा स्पष्टता र सुदृढतामा ध्यान दिइने भन्दै उनले दुवैले गरेका कामकारबाहीमा कहिलेकाहीँ प्रश्न वा जिज्ञासा आएमा बसेर छलफल हुने गरेको र समन्वयको कुनै कमी नरहेको बताए । उनले सरकार र पार्टीबीच कुनै प्रकारको अन्तरद्वन्द्व नरहेको उल्लेख गरे ।
कुनै पनि संस्थाले गल्ती गरेमा त्यसलाई सच्याउने संस्थाहरू रहेकाले तथा प्रहरी प्रशासन, अदालत, र प्रेस काउन्सिल जस्ता संस्थाहरूलाई विश्वास गर्दै अझ बलियो बनाउनुपर्ने उनले बताए ।
कारबाहीमा परेका पूर्वआईजीपी कार्कीको मुद्दा दर्ता भएन
गृहमन्त्रीको निर्देशन- प्रदर्शन व्यवस्थापनमा मानव अधिकार संरक्षणलाई प्राथमिकता दिनू
नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
पूर्वाधार सम्मेलनअघि नीतिगत र कानुनी सुधार गर्दै सरकार : मन्त्री लम्सा
प्रधानमन्त्री शाहलाई भेट्न पुगे भारतीय विदेश सचिव मिश्री
जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल
भक्तपुरमा सिलिन्डर खोज्दै उपभोक्ता, प्रमुख जिल्ला अधिकारी भन्छन्( ग्यास आपूर्ति सहज छ
जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् ।
भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको बताइन् । यसअघि आधा मात्रै भरिएको सिलिन्डर पाएकी उनले त्यसयता अर्को सिलिन्डर पाउन नसकेको गुनासो गरिन् ।

बजारमा ग्यास सहजै पाइन्छ भन्ने सुने पनि आफूले अहिलेसम्म नपाएको उनको भनाइ छ । ‘अहिले पनि ग्यास खोज्दै भौँतारिरहेकी छु । ग्यास डिलरदेखि खुद्रा बिक्रेतासम्म धाउँदा पनि पाइँदैन । फोन गर्दा ग्यास नै आएको छैन भन्नुहुन्छ’, उनले भनिन्, ‘बजारमा ग्यास सहज भयो भन्छन्, तर हामीजस्ता उपभोक्ताले कहाँबाट पाउने ?’
भोटेकोशी बाढी : काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत
गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा
बुढानिलकण्ठ मन्दिर परिसरका अतिक्रमित घर भत्काइए (तस्बिरहरू)
चलाल गणेशस्थान खानी सञ्चालनमा रोक
युरोपमा एक दर्जनभन्दा बढी विमानमा बमको धम्की, कैयौँ उडान आकस्मिक अवतरण
युरोपका विभिन्न देशमा बिहीबार एक दर्जनभन्दा बढी विमानमा बम राखिएको धम्की आएपछि कैयौँ उडान आकस्मिक अवतरण गराइएको छ। केही विमानलाई सैन्य विमानले सुरक्षा दिँदै गन्तव्यसम्म पुर्याएका छन्।

यद्यपि, धम्कीपछि गरिएको सुरक्षा जाँचका क्रममा कुनै पनि विमानमा विस्फोटक वा शङ्कास्पद वस्तु फेला नपरेको अधिकारीहरूले बताएका छन्। बेलायतकी एक अधिकारीले यी घटनालाई ‘दुर्भावनापूर्ण झुटा धम्की’ भनेकी छन्।
युद्धबारे ट्रम्प : २५-३० वर्षसम्म उठ्न सक्दैन इरान
इरानमाथि सैन्य कारबाही फेरि सुरु गर्नेबारे ट्रम्पको सुरक्षा टोलीसँग छलफल
नजिबको जरिवाना तिरिएपछि नजरबन्दको बाटो खुल्ने
ममता हत्याकाण्डमा नरेशको बयान : शव व्यवस्थापन गरेको स्वीकार
डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्किने अडान दोहोर्याएकी छन् ।
सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी हसिनाले गिरफ्तारी, जेल र यातनाको सम्भावना भए पनि स्वदेश फर्कने आफ्नो निर्णय परिवर्तन नहुने बताएकी हुन् ।

एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत दिएको जवाफमा उनले आफ्नै देशको माटोमा र जनताबीच मर्न चाहेको उल्लेख गरेकी छन् । स्वदेश फर्किएपछि आफू गिरफ्तारी, यातना वा हत्याको जोखिममा पर्न सक्ने सम्भावनाबारे जानकार रहेको पनि उनले बताएकी छन् ।
सन् २०२४ मा विद्यार्थी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाएको थियो ।
अमेरिकी निर्भरता घटाउँदै व्यापार विविधीकरण गर्ने क्यानाडाको नयाँ बजेट
बङ्गलादेश र चीनबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी
रुस–युक्रेन युद्धविरामका लागि आफ्नो पहल सार्वजनिक गर्दै मेलानिया ट्रम्प
नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो साङ्घाईमा, ४ हजारभन्दा बढी विदेशी प्रदर्शक सहभागी
चुनावी हारपछि पनि इरानविरुद्धको अभियानबाट पछि नहट्ने ट्रम्पको अडान
अमेरिकी मध्यावधि निर्वाचन : चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती
मध्यावधि निर्वाचनमा हारपछि अमेरिकामा २०२८ को राष्ट्रपतीय दौडको चर्चा तीव्र
डेभिड मिलरको शानदार ब्याटिङका बावजुद सुदूरपश्चिमसँग कर्णाली पराजित
नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स ३९ रनले विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सुदूरपश्चिम रोयल्सले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३७ रनमा समेटियो ।

कर्णालीका लागि डेभिड मिलरले सर्वाधिक ९४ रन बनाए । ५५ बलको सामना गरेका उनले ५ चौका र ७ छक्का प्रहार गरे ।
खेर गयो मिलरको विष्फोटक इनिङ, कर्णालीमाथि सुदूरपश्चिमको सहज जित (तस्बिरहरु)
डेभिड मिलरको शानदार ब्याटिङका बावजुद सुदूरपश्चिमसँग कर्णाली पराजित
अपराजित लुम्बिनीको सानदार जित : जनकपुर १६ रनले पराजित
नेपाल प्रिमियर लिग (एलपीएल) तेस्रो संस्करणको अपराजित टिम लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हाराएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको गरेर लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३३ रनमा रोकिएको हो ।

जनकपुरका लागि अन्तिममा आएर आतित्य महतले ३० रन बनाए पनि त्यो पर्याप्त भएन । उसका लागि कप्तान हर्मित सिंहले सर्वाधिक ३३ रन बनाउँदा सैफ हसनले २८ र तृतराज दासले १८ रन बनाउनुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जनकपुरलाई सस्तैमा रोक्न लुम्बिनीका लागि डार्सी सटले तीन विकेट हात पार्दा तिलक भण्डारी र शेर मल्लले दुईदुई विकेट लिए भने रबेन ट्रम्पलम्यानले एक विकेट हात पारे ।
विराटनगरविरुद्ध डेबिड वार्नरको विष्फोटक ब्याटिङ : काठमाडौँ नौ विकेटले विजयी














प्रतिक्रिया