‘चिकित्सक संघको काम आन्दोलन गर्नेमात्रै भयो, यसलाई सुधार्छु’ « Khabarhub

‘चिकित्सक संघको काम आन्दोलन गर्नेमात्रै भयो, यसलाई सुधार्छु’


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा डा. नारायण भुसालले अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनी किष्ट मेडिकल कलेजमा युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनका रुपमा कार्यरत छन् । डा. भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारका रूपमा प्रस्तुत गर्दै नेपाल चिकित्सक संघ (एनएमए) लाई सबै चिकित्सकको साझा र विश्वासिलो संस्था बनाउने लक्ष्य राखेको बताएका छन् ।

एनएमको निर्वाचन काठमाडौं उपत्यकाबाहिर माघ २ र ३ गते र काठमाडौं उपत्यकामा १५, १६ र १७ गतेका लागि तोकिएको थियो ।

यद्यपि उच्च अदालत पाटनको आदेशपछि तत्कालका लागि निर्वाचन स्थगित भएको छ । संघको निर्वाचनमा केन्द्रित भएर खबरहबले डा. भुसालसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

नेपाल चिकित्सक संघको आगामी नेतृत्वका लागि स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिनुभएको छ । के छन् तपाईँका एजेण्डा ?

म विगत १२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत छु । यो दौरानमा मैले चिकित्सकहरुले भोगेका विभिन्न किसिमका समस्याहरु र दैनिक रुपमा स्वास्थ्य क्षेत्रमा देखिएका इस्युको अनुभव गरेको छु । ती समस्या समाधान गर्नका लागि चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको स्थापना भएको हो । यो संगठनले सरकारलाई पोलीसी लेबलमा गाइड गर्दै आएको छ र चिकित्सकहरुको हकहितमा पनि काम गर्दै आएको छ । संघले गर्ने कामकारवाहीमा परिवर्तन ल्याउने जमर्को गरेर मैले उम्मेदवारी दिएको हुँ ।

सरकारी, निजी र ग्रामीण क्षेत्रमा कार्यरत चिकित्सकहरूको समस्या फरक–फरक छन् । सबैलाई समेट्नका लागि तपाईँले के कस्ता योजना ल्याउनुभएको छ ?

नेपालमा चिकित्सहरुको समस्याहरु धेरै छन् । जसलाई हामी विभिन्न भागमा बाँड्न सक्छौँ । त्यसमा पनि चिकित्सकहरुको सुरक्षा अथवा उनीहरुले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्‍यो भन्ने हो । त्यो वातावरण अहिले छैन । हामीले बेला बेलामा स्वास्थ्यकर्मीमाथि हातपात भएका घटनाहरु देख्दै सुन्दै आएका छौँ । हुन त चिकित्सक संघले कहिलेकाहीँ विज्ञप्ति निकाल्ने, आन्दोलन गर्नेजस्ता कामहरु पनि गर्दै आएको छ । तर, त्यतिले मात्रै पुगेको छैन ।

अहिले चिकित्सक र आम जनताबीच एक किसिमको अविश्वासको खाडल छ, यसलाई पुर्न जरुरी छ । हामीले पनि आम जनताको मन जितेर विश्वास जगाउनु छ । त्यो क्षेत्रमा म काम गर्न चाहान्छु । त्यसको लागि अहिले हामीसँग भएको जुन संघ छ, त्यसलाई समावेशी गराएर अगाडी बढ्ने योजना छ । जस्तै, अहिले देशभर लगभग ४५ हजार चिकित्सकमध्ये १६ हजारमात्रै संघमा आबद्ध छन् ।

यदि चिकित्सक संघ समावेशी भयो भने संघको कुरा सरकारले पनि सुन्छ जस्तो मलाई लाग्छ । किनभने जब चिकित्सक संघ समावेशी हुन्छ तब आफ्ना एजेण्डाहरु लिएर दह्रोसँग उभिनसक्छ । तबमात्रै यसको प्रभावकारिता बढ्छ ।

त्यस्तै, सेक्युरीटीको हिसाबले हेर्दा कुनै पनि स्वास्थ्यकर्मीले सुरक्षित वातावरण नभएसम्म राम्रोसँग काम गर्न सक्दैन । यसमा धेरै सुधार र्नुपर्ने देखिन्छ । अहिले हामीसँग भएका कानुनकै अधिनमा रहेर काम गर्नसके पनि धेरै हुन्छ । किनकी कानुनमा धेरै कुराहरु समेटिएको छ । तर, कार्यान्वयन भइरहेको छैन ।

त्यस्तै अन्य कुराहरुमा पनि सुधार आवश्यक छ । जस्तै नेपालमा जति पनि हामी चिकित्सकहरु छौँ, अन्य मुलुकसँग तुलना गर्ने हो भने अहिलेको हाम्रो आम्दानी १५-२० गुणा कम छ ।

तर, पढाइ भने महङ्गो छ । एउटा डाक्टर भएर निस्किँदा कम्तिमा एक-डेढ करोड खर्च लाग्छ । एकातिर महङ्गो पढाइ र न्यून तलब, त्यसमा पनि वर्षौँदेखि सरकारी दरबन्दी पनि थपिएको छैन । जसको परिणामस्वरुप धेरै योग्य चिकित्सकहरु विदेश जान बाध्य छन् । त्यसैले, चिकित्सकलाई नेपालमै बसेर काम गर्ने वातावरण बनाउनका लागि पनि हामीले काम गर्न जरुरी छ ।

चिकित्सकमाथि हुने हिंसा, असुरक्षा र कानुनी झन्झट समाधानका लागि संघले कसरी काम गर्दै आएको छ ? तपाईँ अध्यक्ष भए के फरक हुन्छ ?

संघले हाम्रो पक्षमा कामै गरेन त भन्न मिल्दैन । विज्ञप्ति निकाल्ने, खबरदारी गर्नेजस्ता कामहरु त गर्दै आएको छ । तर, काम गर्ने तरिकामा फरक हुनुपर्छ भन्ने मेरो मान्यता हो । हामीले चिकित्सक संघलाई एउटा ‘रियाक्टिभ बडी’ जस्तो बनायौँ । कतै झगडा पर्‍यो भने आन्दोलन घोषणा गर्ने, विज्ञप्ति निकाल्ने गरेर मात्रै हुँदैन । यस्तो हुँदा संघ त्यति बलियो देखिँदैन । संघले आन्दोलन घोषणा गर्छ, त्यो आन्दोलन कुनै निष्कर्षै नपुगी सकिन्छ । एउटा यो पाटो भयो भने अर्को चाहिँ संघको आवाज सरकारले पनि सुनेको छैन ।

देशको राजनितिक अवस्था नै यस्तै छ । चिकित्सकहरु पनि कुनै न कुनै दलसँग जोडिएका छन् । त्यस्तै, चिकित्सकमाथि हातपात गर्ने मान्छे पनि कुनै दलसँग जोडिएको हुन्छ । त्यस्तो अवस्थामा संघ स्वतन्त्र भए पो एउटा अडान लिन सक्छ । तर चिकित्सकहरु पनि कतै न कतै जोडिएका हुन्छन् र ठोस परिणाम नआउँदै आन्दोलन रोकिन्छ ।

कानुन अनुसार यदि कसैले चिकित्सकमाथि हातपात गर्छ भने उसलाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढाउन पाइन्छ । तर यसको कार्यान्वयन भइरहेको छैन । यो हुनुको कारण चिकित्सकहरु राजनितिक दलसँग जोडिनु हो । त्यसैले, देशभरका सम्पूर्ण चिकित्सकहरु कुनै राजनितिक दलसँग आबद्ध भएर होइन, स्वतन्त्र रुपमा संघमा जोडिन आवश्यक छ ।

स्वतन्त्रबाट उम्मेदवारी दिँदा चिकित्सक सहकर्मीहरुबाट के-कस्तो सहयोग पाउनुभएको छ नि ?

सहकर्मीहरुबाट धेरै राम्रो प्रतिक्रिया पाएको छु । अग्रज चिकित्सकहरुले हामीले चाहेको र खासमा हुनुपर्ने यस्तै नै हो भन्नुभएको छ । चिकित्सक संघ मात्रै होइन, नेपालका हरेक संस्थामा राजनिति घुसेको पाइन्छ । जसका कारण प्रभवकारी कामहरु हुन सकिरहेको छैन ।

त्यसैले, अहिले हामीले के चाहेका छौँ भने अब चिकित्सकको लागि चिकित्सकबाट चिकित्सकको हकहितमा काम गर्ने र सरकारका राम्रा काममा साथ दिने अनि नराम्रा काममा खबरदारी गर्ने कुरा गरिरहेकाले धेरै चिकित्सकहरुको साथ सपोर्ट मैले पाएको छु ।

याहाँले सरकारको कुरा गर्नुभयो । सरकारसँगको सम्बन्धलाई सुमधुर बनाउँदै स्वास्थ्य नीतिका विषयमा संघको भूमिका कसरी प्रभावकारी बनाउन सकिन्छ ? तपाईँको योजना के छ ?

चिकित्सक संघ भनेको चिकित्सकको हकहितका लागि मात्रै नभएर सरकारलाई सहि पोलिसीमा डोहोर्‍याउने संस्था पनि हो । नेपालमा स्वास्थ्य क्षेत्रमा अहिलेसम्म धेरै राम्रो काम पनि भएको छ । तर यसलाई अझै राम्रो गर्न सकिन्छ ।

हामीले विभिन्न देशको स्वास्थ्य प्रणालीको अनुकरण पनि गर्न सक्छौँ । किनकी कतिपय कुरामा हामी अझै पछि छौँ । जस्तै अहिले टिचिङ, वीरजस्ता एक दुई वटा अस्पतालमा हजारौं बिरामीको भिड छ ।

भन्नुको अर्थ विकेन्द्रीकरणमा समस्या देखियो । जस्तै, स्वास्थ्य बीमाले केही सहयोग पुर्‍याउन खोजेको छ । तर, प्रभावकारी भइरहेको छैन । त्यस्तै, कुनै अस्पतालको प्रमुख नियुक्त गर्दा पारदर्शी व्यवस्था छैन, भित्रभित्रै पैसाको लेनदेन गरेर नियुक्त गरेको सुनिन्छ । यसैगरी, स्वास्थ्य उपकरणहरु किन्दा भ्रष्टाचार गरेको लगायत धेरै बेथितीहरु छन् । यसलाई चिर्न जरुरी छ ।

हाम्रो पेसा विशुद्ध सेवमुखी हो । यसमा पारदर्शीता र जवाफदेहिता चाहिन्छ । यसका लागि हरेक कुराहरु सिस्टममा हुनुपर्छ भन्ने हो ।

निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूको पारिश्रमिक, कामको समय र श्रम अधिकार सुनिश्चित गर्न संघले के गर्न सक्छ ?

यसमा हाम्रो एउटा धारणा छ । हाम्रो टिमले प्रतिबद्धतापत्र पनि जारी गर्दै छ । चिकित्सकहरुले काम गर्दा आफ्नो ‘वर्कलोड’ लाई ब्यालेन्स गरेर काम गर्न पनि जरुरी छ ।

किनभने कुनै एउटा पेसेन्टको जीवन मरणको लागि चिकित्सकले काम गर्दैछ भने उ मानसिक र शारीरिक रुपमा फिट हुनुपर्छ । त्यसैले, निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुको काम गर्ने समय र पारिश्रमिकमा कसरी सुधार गर्न सकिन्छ भनेर हामीले बृहत छलफल गर्दैछौँ ।

सरकारी स्वास्थ्य संस्थामा सुधार गर्न सजिलो छ । त्यहाँ सरकारलाई दबाब दिँदा पुग्छ । निजी स्वास्थ्य संस्थालाई एकैपटक दबाब दिन मिल्दैन । तर विभिन्न सुझावहरु दिन भने मिल्छ ।

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ४ : २८ बजे

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा