जो ५४ वर्षमा आमा बनिन्… « Khabarhub

जो ५४ वर्षमा आमा बनिन्…


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिएण्डबी अस्पतालमा ५४ वर्षीया महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छन् । आइभिएफ प्रविधिमार्फत पहिलो प्रयासमै गर्भधारण गरेकी ती महिलाले सोमबार शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ।

उच्च रक्तचाप र मधुमेहजस्ता स्वास्थ्य समस्या रहेकी महिलाको सफल प्रसूति चिकित्सकीय रूपमा चुनौतीपूर्ण मानिए पनि विशेषज्ञ चिकित्सकको टिमको सक्रियतामा आमा र शिशु दुवैको अवस्था सामान्य रहेको जनाइएको छ।

प्रसूति गराउने प्रमुख चिकित्सक डा.नुतन शर्माले बढ्दो उमेरमा पनि महिलालाई सन्तान सुख दिन सफल भएकोमा खुसी व्यक्त गरेकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी साट्दै उनले आफ्नो सम्पूर्ण मेडिकल टिम र बिएण्डबी अस्पताललाई धन्यवाद ज्ञापन गरेकी छन् । 

चिकित्सकका अनुसार यो सफलताले आधुनिक प्रजनन प्रविधि र विशेषज्ञ सेवाको महत्वलाई थप पुष्टि गरेको छ ।

के हो आइभिएफ ?

केटी मान्छेमा महिनावारीको बिचको समयमा एउटा अण्डा बन्छ। त्यो अण्डा डिम्बासयबाट निस्किएर ट्युबमा जान्छ। त्यही बेला शारीरिक सम्पर्क हुँदा योनीबाट विर्य पनि पाठेघर हुँदै ट्युबमा पुग्छ। यसरी ट्युबमा बनेको भ्रुण पछि आएर पाठेघरमा बस्छ। यो प्राकृतिक ढंगले बच्चा बन्ने एउटा सामान्य प्रक्रिया हो।

बच्चा बन्ने प्राकृतिक क्रियामा दम्पत्ती असफल भए कृत्रिम तरिकाले प्रयोगशालामा बच्चाको विकास गरिन्छ । यसलाई नै आइभिएफ पद्धति भनिन्छ ।

यदि डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर विर्य र अण्डाको संयोजन हुन नसक्ने पनि हुनसक्छ। पाठेघरमा बच्चा बन्ने प्रक्रिया पुरा भएन भने आइभिएफ विधिको प्रयोग गरिन्छ। बच्चा बन्ने प्राकृतिक प्रक्रियामा दम्पत्ती असफल भए पनि कृत्रिम तरिकाले प्रयोगशालामा बच्चाको विकास गरिन्छ। त्यसलाई नै हामी इनभिट्रो फर्टिलाइजेशन (आइभिएफ) पद्धति भन्छौं। सामान्य भाषामा टेष्ट्युब बेबी भनेर बुझ्न सकिन्छ। सुरूआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई ट्युबमा विकास गरिने भएकाले त्यसलाई टेस्टट्युब बेबी भनिएको हो।

महिलाको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको, अन्य कुनै महिलाको अण्डा लिनुपर्ने भए वा पुरुषको विर्यमा कुनै खराबी देखियो भने अण्डा र विर्य झिकेर संयोजन गराइन्छ। यसरी लिइएको अण्डा र विर्य प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा तीनदेखि पाँच दिनसम्म राखिन्छ। त्यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै आइभिएफ पद्धति हो।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : २७ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ