राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय « Khabarhub

राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरेर चुनावमा जाने निर्णय गरेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा मंगलबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको थियो।

बैठकले आगामी माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहकार्य र तालमेलको नीति अपनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा महामन्त्री गगनकुमार थापा तथा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आ–आफ्ना धारणा राखेका उनले बताए।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक पुस २३ गते बुधबार बिहान ९ बजे पुनः बस्ने भएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ५ : ४० बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि