कुलमानले राजीनामा नदिने, उज्यालो नेपाल र रास्वपालाई बिर्सिँदै भने : म कुनै पार्टीको सदस्य छैन « Khabarhub

कुलमानले राजीनामा नदिने, उज्यालो नेपाल र रास्वपालाई बिर्सिँदै भने : म कुनै पार्टीको सदस्य छैन


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले सरकारबाट राजीनामा नदिने बताएका छन्।

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले आजका मितिसम्म आफू कुनै पनि दलको सदस्य नरहेको बताएका हुन् ।

आजका दिनसम्म कुनै पार्टीको सदस्य नभएको स्पष्टिकरण दिँदै उनले सरकारबाट नबाहिरिने अडान लिएका हुन् ।

पत्रकारहरूले उनलाई सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलको नेताको हैसियत हुँदा पनि किन बसिरहनु भएको भनेर सोधेका थिए । ती पत्रकारले आयोजकबाट राजनीतिक प्रश्न गर्न नपाइने भनेर माइक खोस्दा पनि प्रश्न सोधेपछि कुलमानलाई अप्ठ्यारो परेको थियो ।

त्यसपछि जवाफमा कुलमानले छोटो शब्दामा भने, ‘यो मञ्चमा उभिएको समयसम्म, आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन।’

यस्तो जवाफ दिए पनि कुलमानकै पहलमा उज्यालो नेपाल पार्टी दर्ता भएको थियो । उनले उक्त पार्टीको अध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई राखेका थिए ।

उनी उज्यालो नेपालको संगठन विस्तारका लागि देशका विभिन्न भागमा पुगेका पनि थिए । तर अचानक उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा उज्यालो नेपाललाई विलय गराए ।

उनी रास्वपामा सभापति लामिछानेपछिको दोस्रो वरीयता लिएर उपसभापतिको हैसियतमा छन् । उनले आफ्नोतर्फबाट १८ जनालाई समानुपातिक सूचीमा पनि राखेका छन् ।

उनी पुस १० मा काठमाडौंको त्रिपुरेश्वरमा उज्यालो नेपालको कार्यालय उद्घाटन हुँदा आफैं पुगेका थिए । यस्तै कुलमानले केन्द्रदेखि प्रदेशसम्म उज्यालो नेपालको कार्यक्रममा भाग लिइसकेका छन् ।

कुलमानको यस्तो किसिमको सक्रियताबीच सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलीय राजनीतिमा लागेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएकी थिइन्।

प्रधानमन्त्रीको उक्त निर्देशनलाई बेवास्ता गर्दै कुलमानले आफू कुनै दलको सदस्य नभएको भनेर राजीनामा दिन अटेर गरेका हुन् ।

उता युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि रास्वपामा सक्रिय छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि ललितपुरबाट रास्वपाको टिकट लिएर उठ्ने तयारीमा छन् ।

कुलमान रास्वपाको उपसभापति बन्ने लिखित समझदारी भएको अवस्थामा उनले दलीय आवद्धता अस्वीकार गरेका हुन् ।

मन्त्रीहरू दलीय राजनीतिमा होमिन थालेपछि नागरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीमाथि उनीहरूलाई हटाउन नैतिक दबाब बढ्दै गएको छ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ६ : ३२ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि