डेढ दर्जन दल मिलेर गठित नेकपाका केन्द्रीय सदस्य नै २२ सय ९९ जना « Khabarhub

डेढ दर्जन दल मिलेर गठित नेकपाका केन्द्रीय सदस्य नै २२ सय ९९ जना


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित दर्जनभन्दान धेरै दल मिलेर गत कात्तिक १९ गते घोषित नेपाली कम्युनिष्ट पार्टीले करिब २३ सय जनाको केन्द्रीय कमिटी बनाउने भएको छ।

मंगलबार पेरिसडाँडामा बसेको परामर्श बैठकबाट २२ सय ९९ केन्द्रीय कमिटी बनाउने निर्णय भएको नेता राजेन्द्रकुमार पाण्डेले जानकारी दिए ।

नेकपाका नेता पाण्डेका अनुसार यी नेताहरूलाई पुस २९ गते शपथ ग्रहण गराउन लागिएको छ । काठमाडौंमा उपलब्ध हुनेलाई यहीँ, आउन नसक्नेलाई प्रदेशमै शपथको व्यवस्था मिलाइएको छ।

‘सबैलाई काठमाडौंमा शपथग्रहणका लागि नबोलाउने सल्लाह भएको छ । बागमती प्रदेशको हकमा काठमाडौं नै आउनुहुन्छ । बाँकीलाई प्रदेशगत शपथ ग्रहण गराउने छलफल भएको छ’, पाण्डेले भने, ‘एकीकृत समाजवादीको पनि ४०० जतिको कमिटी थियो। माओवादी केन्द्रको झण्डै आठ सयको थियो। साना १४ दललाई समेट्नुपर्ने भएकाले २२ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको हो।’

पाण्डेका अनुसार नेकपाका नेताहरूले सबै पक्षको मिलाएर २२ सय ९९ जना केन्द्रीय कमिटीको सूची तयार पारिसकेका छन्।

नेकपाले त्यही दिन पार्टीका विभिन्न विभागका लागि नेताहरूको जिम्मेवारी पनि तोक्ने तयारी गरेको जानकारी वरिष्ठ नेता झलनाथ खनालले दिएका छन् ।

‘बैठकले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको छ । त्यही दिन विभागहरू पनि तोक्ने निर्णय भएको छ’, उनले भने ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ६ : ५८ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष