प्रचण्डको टिप्पणी : रवि-बालेन गठबन्धनबाट डराएका छैनौँ, हार्ने डर पनि हामीलाई छैन « Khabarhub

प्रचण्डको टिप्पणी : रवि-बालेन गठबन्धनबाट डराएका छैनौँ, हार्ने डर पनि हामीलाई छैन


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको गठबन्धनबाट नडराएको बताएका छन् ।

मंगलबार पेरिसडाँडामा सञ्चारकर्मीहरूसँगको छोटो कुराकानीका क्रममा उनले रवि र बालेनसँग आफूहरू डराउनुपर्ने कुनै कारण नभएको पनि बताए ।

‘उहाँहरूसँग डराउनुपर्ने कुनै कारण छैन । हामी रवि र बालेनको गठबन्धनबाट डराएका छैनौँ’, उनले भने, ‘उहाँहरूसँग हामी किन डराउने ? छैन, मलाई केही पनि डर छैन ।’

उनले रविलाई विगतमा आफूले अत्यन्त अप्ठ्यारो अवस्थामा साथ दिएको पनि स्मरण गरेका छन्।

‘रविलाई धेरै अप्ठ्यारो स्थितिबाट मैले डिफेन्ड गर्दै आएको हो । मैले उनलाई अप्ठ्यारोमा साथ दिएको हो’, उनले भने, ‘मेरै सरकारमा मैले दुई‍-दुई पटक उनलाई गृहमन्त्री पनि बनाएको हो ।’

फरक प्रसंगमा प्रचण्डले माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा तीनवटा सदस्य लिने सहमति नभएको बताएका छन्।

‘छैन, कहीँ कतै सहमति भएको छैन । राष्ट्रियसभामा जसको मतभार जति छ, त्यहीअनुसार सिट पाउने अधिकार हो । हामीसँग कुनै सहमति भइसकेको छैन । हामीले तीन सिट लिने कुराको टुंगो भएको छैन ।’

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ७ : २० बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ