प्रचण्डको टिप्पणी : रवि-बालेन गठबन्धनबाट डराएका छैनौँ, हार्ने डर पनि हामीलाई छैन « Khabarhub

प्रचण्डको टिप्पणी : रवि-बालेन गठबन्धनबाट डराएका छैनौँ, हार्ने डर पनि हामीलाई छैन


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको गठबन्धनबाट नडराएको बताएका छन् ।

मंगलबार पेरिसडाँडामा सञ्चारकर्मीहरूसँगको छोटो कुराकानीका क्रममा उनले रवि र बालेनसँग आफूहरू डराउनुपर्ने कुनै कारण नभएको पनि बताए ।

‘उहाँहरूसँग डराउनुपर्ने कुनै कारण छैन । हामी रवि र बालेनको गठबन्धनबाट डराएका छैनौँ’, उनले भने, ‘उहाँहरूसँग हामी किन डराउने ? छैन, मलाई केही पनि डर छैन ।’

उनले रविलाई विगतमा आफूले अत्यन्त अप्ठ्यारो अवस्थामा साथ दिएको पनि स्मरण गरेका छन्।

‘रविलाई धेरै अप्ठ्यारो स्थितिबाट मैले डिफेन्ड गर्दै आएको हो । मैले उनलाई अप्ठ्यारोमा साथ दिएको हो’, उनले भने, ‘मेरै सरकारमा मैले दुई‍-दुई पटक उनलाई गृहमन्त्री पनि बनाएको हो ।’

फरक प्रसंगमा प्रचण्डले माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा तीनवटा सदस्य लिने सहमति नभएको बताएका छन्।

‘छैन, कहीँ कतै सहमति भएको छैन । राष्ट्रियसभामा जसको मतभार जति छ, त्यहीअनुसार सिट पाउने अधिकार हो । हामीसँग कुनै सहमति भइसकेको छैन । हामीले तीन सिट लिने कुराको टुंगो भएको छैन ।’

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ७ : २० बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले