काठमाडौं महानगरको ठेक्का प्रकरणमा सहसचिव प्रदीप परियारसहितलाई सफाइ « Khabarhub

काठमाडौं महानगरको ठेक्का प्रकरणमा सहसचिव प्रदीप परियारसहितलाई सफाइ


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विशेष अदालत काठमाडौं महानगरपालिकाको ठेक्का प्रक्रियामा भ्रष्टाचारको आरोपमा मुद्दा चलिरहेका सहसचिव प्रदीप परियारसहित सात जनालाई सफाइ दिएको छ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले तत्कालीन प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारसहित सातजनालाई सफाइ दिएको हो ।

यो मुद्दामा रेविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरिमाथिको आरोप प्रमाणित नभएको ठहर विशेषले गरेको हो।

काठमाडौं महानगरपालिकाको ठेक्का नं. ०६-२७-०८०-०८१-एनसीबीडब्लु-केएमसी अन्तर्गत समाखुसी करिडोरबाट बासुन्धरा–मेपीसम्मको संरचना निर्माण कार्यमा बोलपत्र मूल्याङ्कन प्रक्रियामा अनियमितता र हानिनोक्सानी भएको दाबी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो ।

तर अदालतले प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा समानान्तर निर्माण सेवा प्रालिले आफ्नो मुद्दासम्बन्धी आवश्यक विवरण नदिएको विषयमा गरिएको कम अंकको निर्णयलाई गलत वा बदनियतको रूपमा मान्न सकिने आधार नभएको ठहर गरेको छ।

आर्थिक प्रस्तावमा कबुल गरिएको अंकबारे निर्णय गर्ने समिति र अधिकारीलाई जानकारी नहुने अवस्थामा अन्य बोलपत्रदातासँग सम्झौता गरेर रकम हानि गरेको भन्ने पनि प्रमाणित नभएको देखिएको अदालतले जनाएको छ।

अदालतले बोलपत्र आव्हान र मूल्याङ्कन प्रक्रिया नियमानुसार भएको र कल्पवृक्ष–कोहिनुर जेभीलाई ठेक्का दिइएको ठहर गर्दै सबै प्रतिवादीलाई आरोपबाट सफाइ दिएको हो।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ७ : १० बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन