विप्लवसँगको एकताबारे वर्षमान : उहाँ छुट्नुभयो « Khabarhub

विप्लवसँगको एकताबारे वर्षमान : उहाँ छुट्नुभयो


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) सँग एकता तत्कालका लागि असम्भव जस्तै भएको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले यस्तो बताएका हुन् । उनले विप्लवसँग पार्टी एकताको लागि केही कुरा नभएको पनि बताए । तत्कालीन नेकपा (एकीकृत समाजवादी) सँगको एकताको समयमा विप्लव छुटेको भन्दै भन्दै भविष्यमा आउन चाहे स्वागत गर्ने बताए ।

‘विप्लवजीसँग केही कुरा भएको छैन । अस्ति आउनुपर्थ्यो, छुट्नुभयो,’ उनले भने, ‘अब आउनुहुन्छ भने स्वागत छ । अहिले त्यस्तो आउने सम्भावना हामीले देखेका छैनौँ तत्काललाई ।’

उनले नेकपा व्यवस्था र संविधान निर्माणका लागि लडेको पार्टी भएको भन्दै नयाँ पुराना कुनै पनि शक्तिसँग नडराएको जिकिर गरे ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ९ : ०६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा