विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ « Khabarhub

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी कार्यालयमा भएको घटना गलत भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विशेष बैठकका क्रममा प्रवेश व्यवस्थापन, नेतामाथि भएको व्यवहार र फैलिएको हल्लाबारे प्रतिक्रिया दिएका हुन्।

उनले समर्थन–विरोधका नाममा मर्यादा नाघ्ने प्रवृत्तिको आलोचना गरेका छन्। त्यस्तै संयम र परिपक्व राजनीतिक व्यवहार आवश्यक रहेकोमा जोड दिएका छन्।

यस्तो छ शर्माको भनाइ
पार्टीको केन्द्रीय कार्यालयमा विशेष बैठकहरू चलिरहेका बेला मिडिया बाहेक अरूलाई प्रवेशमा रोक लगाउने हाम्रो पुरानै परम्परा हो। राष्ट्रिय सभाको उम्मेदवारी चयन सम्बन्धी बैठकका कारण आज पनि अरूलाई प्रवेशमा रोक लगाइएको थियो। पार्टीका कतिपय साथीहरूले यो नबुझिदिँदा बाहिर व्यर्थमा समस्या उत्पन्न भयो।

कुनै पनि नेतासँग कसैको पनि समर्थन र विरोधको सम्बन्ध हुन सक्छ। तर त्यो निश्चित मर्यादाको दायरामा रहनुपर्छ। समर्थन गरिरहँदा देवत्वकरण गर्ने अनि विरोध गरिरहँदा अप्रिय टिप्पणी गर्ने कार्य हाम्रो राजनीतिको दुःखद र गलत पाटो हो।

आज अग्रज नेता विमलेन्द्र निधि कार्यालय पुग्दै गर्दा भएको व्यवहार बिल्कुलै गलत छ। यस्तो प्रवृत्तिलाई निरूत्साहित गर्नु र राजनीतिमा स्वस्थ राजनीतिक व्यवहारलाई मात्रै प्रोत्साहित गर्नु हामी सबैको कर्तव्य हो।

‘विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालय घेराउ गर्ने’ भनेर आएको भ्रमपूर्ण हल्लालाई साथीहरूले ‘यस्तो कुनै कार्यक्रम नरहेको’ भनेर सार्वजनिक रूपमा बिहानै स्पष्ट गरिसक्नुभएको थियो। स्वयं नेता निधिले ‘विशेष महाधिवेशन पक्षधरले होइन अरूले गरेको बुझेँ’ भनेर मिडियामा थप स्पष्ट गर्नुभएकै छ। यस्तो तथ्यका बाबजुद विशेषका पक्षधर साथीहरूलाई त्यसमा छिटा पार्ने प्रयास देखिनु दुःखद छ र निन्दनीय पनि।

नम्रतासाथ मेरो आग्रह छ—राजनीतिमा सहमति/असहमति, समर्थन/विरोध सबै कुरा हुन्छ। तर सबैभन्दा बढी जरूरी हुन्छ संयम र परिपक्वता। यसलाई सबै तरिकाले गम्भीर आत्मसात गरौं!’

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १० : २६ बजे

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही