फेरि समातिए दुर्गा प्रसाईं « Khabarhub

फेरि समातिए दुर्गा प्रसाईं


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ।

साइबर ब्युरो काठमाडौंको टोलीले शुक्रबार दिउँसो उनलाई चाल्नाखेलबाट पक्राउ गरेर हिरासतमा लिएको हो ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन आयोगले साइबर ब्युरोलाई पत्र लेखेपछि पक्राउ गरिएको प्रवक्ता एवम् एसपी दीपकराज अवस्थीले बताए ।

आयोगले आचारसंहिता कार्यान्वयन सम्बन्धमा पत्राचार गरेपछि त्यसबारेमा बुझ्न ब्यूरोमा लगिएको हो।

आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२को ४ (ख) बर्खिलाप हुने गरी कसुर गरेको र विद्युतीय कारोबार ऐन २०७४को दफा ४७ बमोजिमको कसुर गरेकाले कारबाहीका लागि पत्र पठाएको थियो ।

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ अभियानका अगुवा प्रसाईं यसअघि माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । तर उनलाई हाजिरी जमानीमा छाडिएको थियो ।

प्रसाईंले त्यसबेला गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबीसहितको विवादित भिडिओ सार्वजनिक गरेका थिए ।

भिडिओ र प्रसाईंको भनाइलाई आधार बनाएर विभिन्न सामाजिक सञ्जालका पेजले भ्रामक सामग्री पोस्ट गरेपछि आयोगले कानुनी कदम चालेको थियो ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १ : ५५ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा