बहुमतसम्म पुग्न कांग्रेसको चुनावी योजना : अबकी बार सय पार « Khabarhub

बहुमतसम्म पुग्न कांग्रेसको चुनावी योजना : अबकी बार सय पार


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ को चुनावमा पार्टीले १०० सीट जित्ने योजना बनाएको बताएका छन् ।

उनले त्यहीअनुसारको नारा तय गर्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् । पोखरामा शुक्रबार उनले भने, ‘पार्टीको नारा लगाउने नै भए ‘अबकी बार सय पार’ लगाउनुस् ।’

कास्कीको पोखरामा शुक्रबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले अब कांग्रेसले मुलुकको एकल नेतृत्व सम्हालेमात्रै विकास हुने दाबी गरे । उनले अबको सरकार कांग्रेसको मात्रै नभनी अब सय पार गर्ने गरी मत माग्नुपर्ने बताएका हुन् ।

उनले यो सम्भव भएको दाबीसहित भने, ‘मैले साथीहरूलाई भनेको छु, मधेश जाँदै गर्दा ‘अबकी बार कांग्रेसको सरकार’ भन्ने नारा लगाउन छोडिदिनुस्। नारै लगाउने भए ‘अबकी बार सय पार’ नारा लगाउनुस् ।’

उनले पार्टीलाई त्यहाँ पुर्‍याउन मुश्किल नरहेको बताए । ‘त्यहाँ पुर्‍याउने हो यसपालि । मज्जाले जाने हो । सकिन्छ पुग्न । मज्जाले सकिन्छ । बहुमतसम्म पुग्न सकिन्छ ।’

सभापति थापाले यसका लागि नेता कार्यकर्ताले दुःख गर्नुपर्ने बताए । उनले भने, ‘मिहिनेत गर्नुपर्नेछ । पार्टीको प्रत्येक सदस्यले म उम्मेदवार हुँ भन्ठानेर मिहिनेत गरौँ त एकपटक । १० लाख क्रियाशील भएको पार्टी हो कांग्रेस । वडा-वडा, टोल-टोलमा संगठन गर्ने पार्टी हो यो ।’

उनले कांग्रेस नेता कार्यकर्ताहरूले आफ्नो तागत बुझ्नुपर्ने बताए । ‘हामीसँग भएको तागतलाई सम्झौँ-बुझौँ । तल्लो तहसम्म जाऊँ, हामी देश सम्हाल्छौँ भनौँ । हामी व्यवस्थालाई सुधार्छौँ। हामी बदलिएर आएका छौँ’, उनले भने, ‘बदलिएर आएको कांग्रेसले देशलाई पनि बदल्छ । यही विश्वास लिएर तल्लो तपाईंहरू तल्लो तहमा जानुहुन्छ भन्ने विश्वास लिएको छु ।’

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ३ : ४९ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन