दैनिक प्रयोग गर्ने टुथपेष्टमा सिसा भेटिनु गम्भीर चिन्ताको विषय : चिकित्सक संघ « Khabarhub

दैनिक प्रयोग गर्ने टुथपेष्टमा सिसा भेटिनु गम्भीर चिन्ताको विषय : चिकित्सक संघ


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्त मञ्जन, लिपस्टिक, दन्त सरसफाइका सामग्री लगायत विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक सिसा (लिड) को मात्रा उच्च रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सीपीओई) ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार बजारमा उपलब्ध सामग्रीहरूको परीक्षण गर्दा ठूलो संख्यामा नमुनामा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिएको खुलासा भएको घटनाप्रति संघको गम्भिर ध्यानाकर्षण भएको महाँसचिव डा. सञ्जिव तिवारीद्वारा जारी बिप्तिमा उल्लेख छ ।  

उक्त अध्ययनमा संकलित नमुनामध्ये करिब ३१ प्रतिशतमा स्वीकृत सीमाभन्दा बढी सिसा पाइएको भनिएको छ । संघले विशेषगरी बालबालिकाका लागि प्रयोग हुने सामग्रीहरूमा समेत सिसा भेटिनु झनै चिन्ताजनक रहेको जनाएको छ । दैनिक रूपमा प्रयोग हुने उत्पादनको ४५ प्रतिशतभन्दा बढी नमुनामा सिसा भेटिनु आम नागरिक तथा बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने संघको ठहर छ ।

विश्व स्वास्थ्य संगठनलगायत स्वास्थ्यसम्बन्धी निकायहरूले सिसालाई मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक तत्वका रूपमा पुष्टि गरिसकेको स्मरण गराउँदै संघले सिसाका कारण बालबालिकामा बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यवहारिक समस्या तथा दीर्घकालीन रूपमा दृष्टि, श्रवण र स्नायु प्रणालीमा नकारात्मक प्रभाव पर्ने वैज्ञानिक प्रमाणहरू रहेको जनाएको छ।

यस अवस्थामा नेपाल चिकित्सक संघले बालबालिका सहित आम नागरिकको स्वास्थ्य माथि गम्भीर असर पार्ने यस्ता सामग्रीहरूको गुणस्तर मापन गरी कडा नियमन गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ । 

संघले सरकार, सम्बन्धित निकाय र सरोकारवालाहरूलाई तत्काल कदम चाल्दै बजारमा उपलब्ध सामग्रीहरूको नियमित अनुगमन, परीक्षण र नियन्त्रण प्रणाली प्रभावकारी बनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ४ : ०७ बजे

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल