आज २०८२ साल फागुन २२ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन २२ गते शुक्रबारको राशिफल


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन २२ गते शुक्रबार चैत कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२६ मार्च ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन छ। धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। आज नियमित काम भन्दा ठुला योजनामा हात नलगाउनु राम्रो हुन्छ। शिक्षामा गरेकाे मिहिनेतको फल मिल्नेछ ।

वृष : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। आज मनमा गुम्सिएका भावना सार्वजनिक गर्नु उचित हुनेछ। आम्दानीका दृष्टिले दिन सहज छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

मिथुन : धनलक्ष्मी योग परेकाले सम्पत्ति आर्जन हुनेछ। प्राप्त सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। व्यवहार गर्न नजान्दा परिवारमा भने खटपटी बढ्नेछ।

कर्कट : आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जत जोगाउन मिहिनेत गर्नुपर्ने समय आएको छ। यात्रा गर्नु अगाडि धार्मिक कार्यमा सहभागी भएमा राम्रो हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

सिंह : दिन सहज छ। शिक्षामा सुधार हुने छ। पठनपाठनमा मन जानेछ। साथीको सहयोग प्राप्त हुनेछ। विवाद समाधानमा तपा ईं को भूमिका महत्तवपूर्ण हुनेछन्। परिवारमा भने गोपनीयता भंग नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : शिक्षाको क्षेत्रमा गरेको लगानीले खुशी दिनेछ। परीक्षा लेखेको भए तपाईंको पक्षमा नतिजा प्राप्त हुनेछ। व्यापारमा नाफा हुने योग छ भने निजी क्षेत्रको लगानीबाटसमेत फाइदा हुनेछ। परिवारमा भने तनाव बढ्ने जोखिम छ।

तुला : दिन सामान्य छ। हरेक क्षेत्रमा काम गर्नु अगाडि सोच्नु पर्नेछ। विपक्षी साथीसँग सचेत भएर काम गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। काम गर्दा थप मिहिनेत गर्नुपनर्ने दिन छ ।

वृश्चिक : दिन सहज छ। मनका नराम्रा भावना हटेर जानेछन्। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर काम गर्नु उचित हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। व्यापारमा गरेको लगानीबाट नाफा होला ।

धनु : दिन सामान्य छ। आफ्ना भनेकै साथीले विरोध गरेको सुन्नु पर्नेछ। थोरै बोलेर काममा मिहिनेत गर्नुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

मकर : दिन सहज छ। शुभग्रहको बहुमत छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारले निगरानी गर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्ने समय छ।

कुम्भ : तपाईंले गरेको कामको जस अरुले लिनेछन्। श्रम शोषण गर्ने व्यक्तिसँग सचेत बन्नुपर्नेछ। व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा दिन सफल बन्नेछ।

मीन : बोल्नु अगाडि सोच्नुपर्ने दिन छ। व्यापारमा सहकार्य गरेमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।शिक्षामा मिहिनेतको खाँचो छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : १४ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै