काग्रेस २.० लाई पनि धक्का : गगन, प्रदीप र गुरूसहित अधिकांश नेता पछाडि « Khabarhub

काग्रेस २.० लाई पनि धक्का : गगन, प्रदीप र गुरूसहित अधिकांश नेता पछाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले लिएर गएको ‘कांग्रेस बदल्यौँ, अब व्यवस्था बदल्छौँ’ भन्ने नारालाई मतदाताले अस्वीकार गरिदिएका छन् ।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा कांग्रेस झिनो संख्याका निर्वाचन क्षेत्रमा मात्रै अग्रस्थानमा देखिएको छ ।

जसले कांग्रेसले पछिल्लो समयमा लिएको एजेन्डासहित सर्मनाक हार व्यहार्ने जस्तो देखाएको छ । सभापति गगनकुमार थापाले भनेको कांग्रेस २.० ले पनि एमालेले जस्तै ठूलो धक्का व्यहोर्ने देखिएको छ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलपछि बहुमत महाधिवेशन प्रतिनिधिले माग गरेर पुस अन्तिम साता विशेष महाधिवेशन गर्दै कांग्रेसले थापालाई सभापति बनाएको थियो ।

तत्कालीन सभापति शेरबहादुर देउवालाई बिदा गरेको पार्टीले विगतमा अभ्यास गर्ने गरेको टिकट प्रणालीलाई तोडेर ११० जना नयाँ नेतालाई उम्मेदवार बनाएको थियो । तर सुधारिएर निर्वाचनमा होमिँदा पनि कांग्रेस इतिहासमै सबैभन्दा सानो स्वरुपमा खुम्चिने देखिएको छ ।

पछिल्लो प्रारम्भिक मतगणनाअनुसार सर्लाही ४ मा उम्मेदवार रहेका कांग्रेसका सभापति गगन थापा निकै पछाडि परेका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका अमरेश सिँहले १९ सय ८ मत ल्याउँदा कांग्रेसका थापाले जम्मा ५३६ मत मात्रै ल्याएका छन् ।

कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल पनि काठमाडौं ५ मा भएको प्रतिस्पर्धामा पछाडि परेका छन् ।

प्रारम्भिक मतगणनाअनुसार उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार सस्मित पोखरेलले ९ हजार ९१७ मत ल्याउँदा पौडेललले जम्मा ३ हजार १९० मत मात्रै ल्याएका छन् ।

कांग्रेसका अर्का महामन्त्री गुरुराज घिमिरे पनि चुनावी प्रतिस्पर्धामा निकै पछाडि छन् । मोरङ ४ को प्रारम्भिक मतगणनाअनुसार रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले ९ हजार ६५० मत ल्याउँदा कांग्रेसका घिमिरेले जम्मा प्रतिस्पर्धाको तेस्रो स्थानमा रहँदै १ हजार ७ सय ११ मतमात्रै ल्याएका छन् ।

कांग्रेसका अन्य पदाधिकारीहरूमध्ये सह-महामन्त्री योगेन्द्र चौधरी पनि चुनावी प्रतिस्पर्धामा निकै पछि परेका छन् ।

प्रारिम्भक मतगणनाअनुसार दाङ २ मा रास्वपाका देवराज पाठकले ५ हजार ९ मत ल्याउँदा चौधरीले जम्मा १ हजार ३२६ मत मात्रै ल्याएका छन् ।

पदाधिकारीबाहेक पनि कांग्रेसका पूर्वपदाधिकारी र अधिकांश वरिष्ठ नेता चुनावी प्रतिस्पर्धामा पछाडि रहेको प्रारम्भिक मतगणनाले देखाएको छ ।

प्रारम्भिक मतगणनाको नतिजाले शेरबहादुर देउवा नेतृत्वको पुरानो नेतृत्व समूहलाई विशेष महाधिवेशनबाट हटाएर बनेको नयाँ नेतृत्वलाई मतदाताले अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ०१ बजे

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं– नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय