रञ्जुले जितेको काठमाडौं १ मा कम्युनिस्टको बिजोग, एमाले र नेकपा दुवैको जमानत जफत « Khabarhub

रञ्जुले जितेको काठमाडौं १ मा कम्युनिस्टको बिजोग, एमाले र नेकपा दुवैको जमानत जफत


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शनाले जित हासिल गरेको काठमाडौं १ मा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारको जमानत जफत भएको छ ।

सो निर्वाचन क्षेत्रमा रास्वपाकी रञ्जुले १५ हजार ४५५ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याएका छन् ।

तर, एमालेका उम्मेदवार मोहनारज रेग्मीले भने जम्मा ३ हजार ९७२ र नेकपाकी उम्मेदवार मेनुका भण्डारीले ३१५ मत मात्रै ल्याएकी छिन् । 

निर्वाचन ऐनको परिच्छेद १०को विविध खण्डअन्तर्गत दफा ६४ मा पहिलो निर्वाचित हुने प्रणालीअनुसार जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । सो व्यवस्था अनुसार काठमाडौं १ मा एमाले र नेकपाका उम्मेदवारको धरौटी जफत हुने भएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : २६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन