रास्वपाको हुरीले गणतन्त्रवादी कांग्रेस-एमालेसँगै राजावादी पनि संकटमा, ज्ञानेन्द्रबाहेक राप्रपाका सबै नेता पछाडि « Khabarhub

रास्वपाको हुरीले गणतन्त्रवादी कांग्रेस-एमालेसँगै राजावादी पनि संकटमा, ज्ञानेन्द्रबाहेक राप्रपाका सबै नेता पछाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा राजसंस्थाको पुर्नस्थापना र हिन्दु राष्ट्र नाराको नेतृत्व गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नारालाई यस निर्वाचनमा मतदाताले अस्वीकृत गरेका छन् ।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार राप्रपाको सम्पूर्ण नेतृत्व चुनावी प्रतिस्पर्धामा पछाडि देखिएको हो ।

प्रारम्भिक मतगणनाअनुसार झापा ३ मा उम्मेदवार रहेका राजेन्द्र प्रसाद लिङ्देन चुनावी प्रतिस्पर्धामा पछाडि देखिएका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार प्रकाश पाठकले ७२६ मत ल्याउँदा लिङ्देनले जम्मा ४९६ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै, काठमाडौं ५ मा उम्मेदवार रहेका राप्रपा नेता कमल थापा प्रारम्भिक मतगणनाअनुसार चुनावी प्रतिस्पर्धामा धेरै पछाडि देखिएका छन् । त्यस क्षेत्रमा रास्वपाका सस्मित पोखरेलले ११ हजार ४३३ मत ल्याउँदा थापाले चौथो स्थान कायम गर्दै जम्मा ६११ मत मात्रै ल्याएका छन् ।

अधिवक्ताको पेशा हुँदै पछिल्लो समयमा राप्रपाा आबद्ध भएर झापा २ मा उम्मेदवार रहेका स्वागत नेपालको नामले परिचित भद्रप्रसाद नेपाल पनि प्रारम्भिक मतगणनामा धेरै पछाडि देखिएका छन् ।

उक्त क्षेत्रमा रास्वपाकी उम्मेदवार इन्दिरा रानामगरले २ हजार ९६० मत ल्याउँदा नेपालले तेस्रो स्थानमा रहँदै जम्मा २०३ मत मात्र ल्याएका छन् ।

लामो समयदेखि हिन्दु राष्ट्रको अभियान चलाउँदै आएका रामदत्त जोशी पनि यतिबेला तनहुँ १ बाट राप्रपाको तर्फबाट नै उम्मेदवार बनेका छन् ।

तर, प्रारम्भिक मतगणनाअनुसार सो क्षेत्रमा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले २ हजार ९२८ मत ल्याउँदा जोशी जम्मा ८६ मत सहित पाँचौँ स्थानमा छन् ।

देशैभरको मतगणनामा अहिलेसम्म राप्रपाको तर्फबाट जुम्लामा उम्मेदवार रहेका ज्ञानबहादुर शाहीबाहेक कुनै पनि उम्मेदवारले अग्रता कायम गर्न सकेका छैनन् ।

राप्रपाका नेता शाही विगतमा गणतन्त्रको पक्ष र सुशासनकै अभियानबाट राजनीतिमा आफूलाई स्थापित गरेका व्यक्ति पनि हुन् ।

यसलाई लिएर राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले चिन्ता व्यक्त गरेका छन् । उनले रुख, सूर्य, हँसिया हथौडा वा तारा चिह्नधारीको दुई दशकको गलत नीति, अकर्मण्यता, कुशासन र सर्वसत्तावादी चिन्तनबाट आजित र निराश मतदाताले अनिश्चित तर फरक बाटो रोजेका बताएका छन्।

‘हामी अरुभन्दा फरक थियौँ, तर मतदातालाई बुझाउन सकेनौं’, उनले भनेका छन्, ‘खेलमा सहभागी भइसकेपछि खेलको परिणाम स्वीकार्छौं ।’

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ५८ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड