दोलखामा जिरीबाट सुरु भयो मतगणना « Khabarhub

दोलखामा जिरीबाट सुरु भयो मतगणना


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य सुरु भएको छ । दिउँसो ३:२० बजेबाट जिरी नगरपालिकाको वडा नम्बर-१ श्यामा मतदान केन्द्रबाट मतगणना सुरु गरिएको हो ।

सुरुमा जिरी नगरपालिकाको वडागत रूपमा वडा नम्बर-१, २, ३ को मतगणना गर्न सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

शुक्रबार बिहान ११ बजे बसेको सर्वदलीय बैठकले शुक्रवार दिउँसो ३ बजेपछि देखि मतगणना सुरु गरेको हो । बिहान बसेको सर्वदलीय बैठकले गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटमा मतगणना स्थल तयार गरेर मतगणना सुरु गरेको हो । 

जिल्लामा १ लाख ७० हजार ३२१ मतदाता रहेकामा ८४ हजार ४८१ मत खसेको छ । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : ४८ बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने