निर्वाचनपछि नेपाललाई बधाई दिँदै चीनले भन्यो : विकास र समृद्धिका लागि मिलेर काम गरौँ « Khabarhub

निर्वाचनपछि नेपाललाई बधाई दिँदै चीनले भन्यो : विकास र समृद्धिका लागि मिलेर काम गरौँ


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा शान्तिपूर्ण र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको बताइन्।

पत्रकार सम्मेलनमा चीनको सरकारी टेलिभिजन ड्रागन टीभीले नेपालको प्रतिनिधिसभा निर्वाचनबारे प्रतिक्रिया मागेको थियो।

जवाफमा माओ निङले चीनले नेपालले निर्धारित समयअनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएको बताइन्।

नेपालले आफ्नो राजनीतिक प्रक्रिया सहज रूपमा अघि बढाएको देख्दा चीन खुसी भएको पनि उनले उल्लेख गरिन्।

माओ निङले चीन र नेपाल परम्परागत रूपमा मैत्रीपूर्ण छिमेकी मुलुक रहेको बताउँदै दुवै देशले स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणका प्रयासमा एकअर्कालाई समर्थन गर्दै आएका उल्लेख गरिन् ।

उनले नेपालसँग मिलेर विकास र समृद्धिका लागि ‘दीर्घकालीन मित्रता’मा आधारित रणनीतिक सहकार्यलाई अझ अगाडि बढाउन चीन तयार रहेको पनि बताइन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ४३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको