स्याङ्जा- २ को प्रारम्भिक नतिजामा एमालेका थापाको अग्रता  « Khabarhub

स्याङ्जा- २ को प्रारम्भिक नतिजामा एमालेका थापाको अग्रता 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्याङ्जामा एमालेका खिमबहादुर थापाले ९ सय ४३ मतसहित प्रारम्भिक अग्रता कायम गरेका  छन् । 

यस्तै रास्वपाका छविलाल डुम्रेले ३ सय ६७ ल्याएका छन् भने काग्रेसका भागवत प्रकाश मल्लले १ सय ३८ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पदम बहादुर विकले भने ३४ मत प्राप्त गरेका छन् । 

वालिङ नगरपालिकाको एक मतदान  केन्द्रमा  निर्वाचन अधिकृतको हस्ताक्षर बिना नै मत हालेको विवादपछि २ घण्टासम्म  मतदान नै रोकिएको थियो । 

उम्मेदवारका प्रतिनिधिबीच सुरुमा मतपेटिकामा खसेका १७१ मतपत्र सिल गरी, हस्ताक्षर नभए पनि ती मत गणना गर्ने विषयमा निर्णयका लागि निर्वाचन आयोगमा पत्र पठाउने सहमति भएपछि पुनः मतदान भएको थियो ।

उक्त पत्रको जवाफमा केन्द्रीय निर्वाचन  कार्यालयले सर्वदलीय बैठक राखेर बैठकको निर्णय अनुसार जति सक्दो छिटो मतगणना प्रारम्भ गर्न निर्देशन दिए लगत्तै दलहरूबीच सहमति जुटाएर मतगणना सुरु गरिएको हो । कालिगण्डकी गाउँपालिका-१ बाट गणना सुरु गरिएको हो  । 

यस क्षेत्रमा कुल १५६२ मत खसेकोमा थियो । हालसम्म ७२ मत बदर भएको छ । सदर मत १४८९ रहेको निर्वाचन कार्यालय स्याङ्जाको तथ्यांक छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ४५ बजे

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका