नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल « Khabarhub

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई आफ्नो चरित्रमा भन्दा पनि पुराना दलको खेदो खन्नुमा मात्रै केन्द्रित गरेको आरोप लगाएका छन् । सोमबार फेसबुकमा उनले हालको राजनीतिक परिस्थिति र सुशासनको भाष्यप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

निर्वाचनका समयमा नयाँ शक्तिले मात्रै सुशासन ल्याउने र देश बनाउने भन्दै व्यापक प्रचार गरिएको स्मरण गर्दै उनले अहिलेको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । “चुनावका समयमा नयाँले सुशासन ल्याउँछ, देश बन्छ भनेर हल्लीखल्ली नै भयो,” उनले भनेका छन्, “तर अहिले सुशासन नयाँको चरित्रमा होइन, पुरानाको खेदो खन्नुमा मात्रै खोजिँदै रहेछ ।”

फागुन २१ गतेको निर्वाचनको नतिजापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ बहुमतको सरकार बनाउँदा नेकपा एमाले २५ सिटमा खुम्चिँदै तेस्रो दल बनेको छ ।

एमाले महासचिव पोखरेलले नयाँ दलहरूले जनअपेक्षा अनुसार काम गर्नुभन्दा पनि पुराना दलहरूलाई गाली गरेर मात्रै आफूलाई स्थापित गर्न खोजेको सङ्केत गरेका हुन् । उनले सुशासन नारामा मात्र नभई व्यवहार र चरित्रमा देखिनुपर्नेमा जोड दिएका छन् ।

वालेन्द्र शाह सरकारले एमाले अध्यक्ष केपी ओलीलाई भदौ २३ को जेनजी आन्दोलनमा बल प्रयोग गरेको भन्दै पक्राउ गरेर हिरासतमा लिएपछि एमाले सरकारप्रति आक्रामक बनेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ९ : ३१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको