उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे « Khabarhub

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा मरेका छन् । आक्रमणमा परी सात भेडाच्यांग्रा घाइते छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार, लोमान्थाङ–४, न्याम्डोका स्थानीय पशुपालक किसान घ्याचो गुरुङको च्यांग्राखोरमा शनिबार (चैत २१) राति हिमचितुवाले पशुचौपायामाथि आक्रमण गरेको थियो । एक्याप प्रमुख उमेश पौडेलका अनुसार, चितुवाको आक्रमणबाट  १० च्यांग्रा र ११  भेडा मरेका हुन् । खोरमा ३१५ भेडाच्यांग्रा थिए ।

हिमचितुवाको आक्रमणबाट भेडाच्यांग्रा मरेको सूचनापछि एक्याप लोमान्थाङका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र लोमान्थाङ गाउँपालिकाका पशु प्राविधिकलगायत अधिकारीको टोली आइतबार (चैत २२) बिहान घटनास्थलमा पुगेको थियो । एक्याप लोमान्थाङका प्रमुख पौडेलका अनुसार, पीडित पशुपालकको च्यांग्राखोर ग्याबिन तारको घेराबारभित्र रहेको अवस्थामा हिमचितुवाले आक्रमण गरी क्षति पुर्‍याएको हो । हिमचितुवाको आक्रमणबाट प्रारम्भिक मूल्य मूल्यांकन गर्दा चार लाख ५५ हजार रुपैयाँ क्षति भएको जनाइएको छ ।

यसअघि, गएको फागुन ११ गते उपल्लो मुस्ताङको लोमान्थाङ–४, किम्लिङमा स्थानीय पशुपालक किसान मिङमर गुरुङको खोरमा हिमचितुवाले आक्रमण गर्दा नौ च्यांग्रा मरेका थिए । नौ च्यांग्रा घाइते भएका थिए ।

यस्तै, जिल्लाको तल्लो क्षेत्रस्थित घरपझोङ गाउँपालिका–२, मार्फामा हिमचितुवाले स्थानीय सन्तोष परियारको खोरमा दुईपटकसम्म आक्रमण गर्दा तीन दर्जन बढी च्यांग्रा मरेका थिए ।

पछिल्लो केही वर्षयता हिउँचितुवा मुख्य राजमार्ग सडक र बस्तीनजिक देखापर्न थालेको छ । (रासस)

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १० : ०४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको