महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित « Khabarhub

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः निर्वाचित भएका छन्।

महासङ्घ निर्वाचन समितिले आज घोषणा गरेको परिणामअनुसार अध्यक्षमा राउत विजयी भए । उनले आफ्ना प्रतिस्पर्धी नवीन रिजाललाई पराजित गरे । उक्त निर्वाचनमा अध्यक्ष राउतको प्यानल नै विजयी भएको छ ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फ राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रवीन दाहाल निर्विरोध निर्वाचित भएका हुन् । 

यसैगरी कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल तथा एसोसिएट सदस्यमा देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

जिल्ला नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुङ्गाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् भने वस्तुगततर्फ सुभाष आचार्य र दीपक पाण्डे निर्वाचित भएका छन् ।

महासङ्घ कोशीमा जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरुबाट ३८, वस्तुगत सङ्घसंस्थाबाट १९ र एसोसिएटबाट १४८ जनाले महासङ्घको नेतृत्व चयनका लागि मतदान गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ४ : ४१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको