नेपाल रन फाइव के च्यालेन्ज २६ गते आयोजना हुने « Khabarhub

नेपाल रन फाइव के च्यालेन्ज २६ गते आयोजना हुने


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल रन फाइव के च्यालेन्ज वैशाख २६ गते आयोजना हुने भएको छ ।

एथलेटिक्स परिवार, नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चाँगुनारायण नगरपालिकाको सहयोगमा वैशाख २६ गते भक्तपुरको चाँगुनारायणमा नेपाल रन फाइव के च्यालेन्ज गर्न लागिएको जनाएको हो ।

खुला महिला, पुरुष, ४५ वर्ष माथि पुरुष भेट्रान तर्फ ५ किलोमिटर, १८ वर्ष भन्दा मुनीका युवा, महिला, पुरुष र ३५ वर्ष माथिका भेट्रान महिला तर्फ ३ किलोमिटर दौडमा प्रतिस्पर्धा हुने प्रतियोगितामा करिब २५० भन्दा बढी खेलाडीहरूको भाग लिने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।

दौड प्रतियोगिताको कुल बजेट ७ लाख ६६ हजार रुपैयाँ रहेको छ । दौड चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भई विभिन्न स्थान हुँदै पुनः नगरपालिका भवनमा पुगेर समापन हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ३ : ४३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,