स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त « Khabarhub

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका छन् ।

सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ को दफा ९२० को उपदफा ९१० बमोजिम मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका हुन् ।

पदमुक्त भएका पदाधिकारीलाई जानकारी पत्र पठाउने काम भइरहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए । “अध्यादेशअनुसार पदमुक्त हुनुभएका पदाधिकारीको हामीले पत्राचार गरिरहेका छौँ”, उनले भने ।

मन्त्रालयअन्तर्गतका प्रतिष्ठान, समिति र बोर्डअन्तर्गतका ती पदाधिकारी पदमुक्त भएका हुन् । मन्त्रालयअन्तर्गत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान , पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित स्वास्थ्य बिमा बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्लगायतका निकाय छन् ।

पदाधिकारीहरूलाई अध्यादेश जारी भएको दिनदेखि पदमुक्त गरिएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ जारी गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  १० : ३७ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग