क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन « Khabarhub

क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बजारमा अभाव देखिएका क्यान्सरलगायत अत्यावश्यक औषधिको आपूर्ति तथा व्यवस्थापन सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।

औषधि व्यवस्था विभागको अनुगमनका क्रममा मन्त्री मेहताले बिरामीले आवश्यक औषधि अभावको समस्या भोग्न नपर्ने सुनिश्चित गर्न आवश्यक कदम चाल्न निर्देशन दिएकी हुन् ।

उनले औषधि आपूर्ति तथा वितरणको अनुमति प्राप्त गर्न निवेदन दिएका तर अनुमति नपाएका कम्पनीहरूको स्थलगत निरीक्षण गरी प्रक्रिया शीघ्र अगाडि बढाउन विभागलाई निर्देशन दिइन्।

मन्त्री मेहताले विभागको नियामक क्षमता सुदृढ बनाउन सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरिन्। विभागलाई थप प्रभावकारी बनाउन तत्काल आवश्यक स्रोतसाधन तथा जनशक्तिको विवरण यथाशीघ्र पेस गर्न उनले आग्रह गरेकी छन् ।

त्यसैगरी, सरकारले निःशुल्क वितरण गर्ने औषधि तथा स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तर परीक्षणलाई प्राथमिकतामा राखी आवश्यक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ।

अनुगमनका क्रममा औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले विभागका गतिविधि, चुनौती तथा हालसम्म भएका कामकारबाहीबारे मन्त्री मेहतालाई जानकारी गराएकी थिइन् ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  २ : ३४ बजे

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मुलुकको नेतृत्व हो : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा

एसीसी महिला प्रिमियर कपमा नेपाल हङकङसँग ६९ रनले पराजित

काठमाडौं- एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

 काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय

भारतीय पर्यटकमा ‘सिभिक सेन्स’ अभाव : सार्वजनिक स्थानमा ‘असभ्य व्यवहार’ले उठ्दैछ प्रश्न

काठमाडौं– नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक आउछन् । छिमेकी देश,

रास्वपामा नातावाद र कृपावादलाई स्थान छैन : महामन्त्री बुर्लाकोटी

काठमाडौं – प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को