रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल « Khabarhub

रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल सुनचाँदी कला व्यवसायी संघको अधिवेशन उद्‌घाटन गर्दै उनले रोजगारीको अभावका कारण नेपालीहरू विदेशिन बाध्य भइरहेको उल्लेख गर्दै उत्पादन र रोजगारीमूलक क्षेत्रको प्रवर्द्धनमा सरकारको विशेष ध्यान आवश्यक रहेको बताए।

पूर्वप्रधानमन्त्री नेपालले कुनै पनि व्यवसायमा प्रतिकूल असर नपर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उद्योग तथा व्यवसायलाई प्रोत्साहन गर्ने नीतिहरू अवलम्बन गर्नुपर्ने धारणा राखे ।

उनले स्वदेशमै उत्पादन वृद्धि गरी आन्तरिक उपभोगसँगै निर्यात विस्तार गर्न सके आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउने आधार तयार हुने बताए। उत्पादन, उद्योग र व्यवसायको विस्तारबाट अर्थतन्त्र सुदृढ हुनुका साथै राजस्व संकलनमा पनि वृद्धि हुने उनको भनाइ थियो।

उनले उद्योगधन्दा फस्टाए नागरिकको आयस्तर र क्रयशक्ति बढ्ने उल्लेख गर्दै आर्थिक समृद्धिका लागि उत्पादनमूलक क्षेत्रको विकास अपरिहार्य रहेको बताए।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  २ : ४१ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी