परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख  विजय चौथीवालेबीच शनिबार नयाँदिल्लीमा भेटवार्ता भएको छ।

नयाँदिल्लीस्थित नेपालको दूतावासका अनुसार भेटका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, राजनीतिक दलहरूबीचको सहकार्य विस्तार गर्ने तथा दुई देशका जनताबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउने विषयमा छलफल भएको थियो।

भेटवार्तामा आपसी हितका विविध विषयमा विचार आदानप्रदान भएको र नेपाल–भारत सम्बन्धलाई बहुआयामिक रूपमा अघि बढाउने विषयमा समेत कुराकानी भएको दूतावासले जनाएको छ।

परराष्ट्रमन्त्री  शिशिर खनाल भारतीय विदेशमन्त्री एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार भारतको औपचारिक भ्रमणका लागि नयाँदिल्ली पुगेका हुन् ।

उनको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्ष, द्विपक्षीय सहकार्य तथा क्षेत्रीय चासोका विषयमा उच्चस्तरीय भेटघाट र छलफल जारी रहने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ३ : १३ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो