परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी एस जयशङ्करसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा मन्त्री खनालले भारत नेपालको सबैभन्दा महत्त्वपूर्ण साझेदार भएको भन्दै भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । मन्त्री खनालले दुई देशबीचको सहकार्यलाई थप ठोस र अर्थपूर्ण रूपमा अगाडि बढाउन नेपाल पूर्ण रूपमा तयार रहेको बताए ।

भेटवार्ताका क्रममा भारतीय विदेशमन्त्री जयशङ्करले भारत र नेपालबीचको सम्बन्ध ‘बलियो जग’ मा आधारित अत्यन्त ‘विशेष’ रहेको बताएका छन् ।

पश्चिम एसियामा जारी भूराजनीतिक तनाव र सङ्कट देखिएका बेला पनि भारतले नेपालका लागि इन्धनको आपूर्तिलाई निरन्तरता दिँदै त्यसको सुनिश्चितता गरेको स्मरण गराउँदै उनले भारत सधैँ नेपालको भरपर्दो साझेदार रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ७ : ३१ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो