पपुलिज्मभन्दा माथि उठेर दिगो रूपान्तरणमा लाग्न रास्वपालाई बाबुरामको सुझाव « Khabarhub

पपुलिज्मभन्दा माथि उठेर दिगो रूपान्तरणमा लाग्न रास्वपालाई बाबुरामको सुझाव

‘५ एस’ नै समकालीन नेपालका आधारभूत एजेण्डा हुन्


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्रीले डा बाबुराम भट्टराईले समकालीन नेपाली राजनीतिमा नयाँ र वैकल्पिक राजनीतिको बहस तथा निर्माण प्रक्रिया राष्ट्रिय स्तरमा अगाडि बढेर राजनीतिको केन्द्रमा स्थापित हुनु निकै ठूलो ऐतिहासिक महत्त्व र खुसीको कुरा भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो भनेका हुन् । बाबुरामले २०७० फागुन २५ गते प्रकाशित ‘नयाँ शक्तिको खाँचो’ शीर्षकको विश्लेषणात्मक आलेखपछि नै देशमा नयाँ वैकल्पिक राजनीतिको बहस सुरु भएको स्मरण गरेका छन्।

उनले पार्टी र नेतृत्वको नाम वा त्यसका भँगालाहरू जे-जस्ता भए पनि युग परिवर्तनसँगै अगाडि आउने समाज र राज्यका आधारभूत समस्याहरूको पहिचान तथा तिनको समाधान गर्ने वैचारिक-राजनीतिक कार्यदिशा नै व्यावहारिक राजनीतिको मूल मर्म भएको उल्लेख गरेका छन् । उनले समकालीन नेपालका साझा र आधारभूत राजनीतिक एजेण्डा ‘५ एस’ भएको बताएका छन् ।
सार्वभौमिकता/स्वाधीनता

सङ्घीयता/समावेशिता

सुशासन/सदाचार

समतामूलक समृद्धि

समुन्नत समाजवाद

राजनीतिक विश्लेषक तथा नेताहरूले क्षणिक चुनावी लाभका लागि कुनै एक वा एकाध एजेण्डा मात्र टिपेर पपुलिज्म (दक्षिणपन्थी वा वामपन्थी) अपनाउनु सहज भए पनि त्यसले दिगो समाधान नदिने उनको तर्क छ। “ती सबै आधारभूत एजेण्डालाई एकमुस्ट तर प्राथमिकताबद्ध ढङ्गले हल गरेर समाज र राज्यलाई दिगो अग्रगामी रूपान्तरण गर्नु कठिन भए पनि वैकल्पिक राजनीतिको आवश्यक र सम्भव साध्य यही हो,” उनले लेखेका छन्।

वक्तव्यको अन्त्यमा उनले सत्तारुढ दल रास्वापाको नाम नलिए पनि रास्वा केन्द्रित भएर नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिलाई यिनै एजेण्डाका वरपर रहेर स्वस्थ बहस, प्रतिस्पर्धा र आवश्यक सहकार्य गर्न आह्वान गर्दै समृद्ध नेपाल निर्माण भई छाड्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ६ : १४ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस