नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैलीविरुद्ध ट्रम्प « Khabarhub

नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैलीविरुद्ध ट्रम्प

अमेरिकामा जन्मसिद्ध नागरिकता खोस्न जारी गरे दुई नयाँ आदेश


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी – अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने अघिल्लो प्रयासलाई अस्वीकार गरेको केही सातापछि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः जन्मसिद्ध नागरिकताको अधिकारमा कटौती गर्ने प्रयास सुरु गरेका छन् ।

राष्ट्रपति ट्रम्पले बिहीबार दुईवटा नयाँ कार्यकारिणी आदेशमा हस्ताक्षर गरेका हुन्। जसमा पहिलो आदेशले गैर-नागरिकका सन्तानलाई जन्मसिद्ध नागरिकता प्राप्त नहुने साविकको दायरालाई थप फराकिलो बनाएको छ भने दोस्रो आदेशले ‘बर्थ टुरिजम’ (नागरिकता दिलाउनकै लागि अमेरिका पुगेर बच्चा जन्माउने परिपाटी) माथि पूर्ण प्रतिबन्ध लगाएको छ।

“यो वर्षौँअघि नै हुनुपर्थ्यो, तर हामी अहिले यसलाई सम्बोधन गर्दै छौँ,” १५० वर्ष पुरानो यो नीति अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयासलाई सर्वोच्च अदालतले रद्द गरिदिएकामा असन्तुष्टि जनाउँदै ट्रम्पले ओभल अफिसबाट भने।

पहिलो कार्यकारिणी आदेशमा भनिएको छ, “मेरो प्रशासनले हाम्रो राष्ट्रको उदारताको अनुचित फाइदा उठाउँदै अमेरिकी नागरिकलाई ठग्न खोज्ने दुर्भावनापूर्ण विदेशी तत्वहरूबाट हुन सक्ने जोखिमविरुद्ध रक्षा गरेको छ।”

उक्त आदेशअनुसार यदि बाबुआमा दुवै गैर-नागरिक हुन् र उनीहरूमध्ये कम्तीमा एक जना विदेशी कुनै समूहको सदस्य, विदेशी सरकारको कर्मचारी, जालसाजीपूर्ण रूपमा नागरिकता लिन खोजेको वा सङ्घीय कानुनले नागरिकता नदिने अमेरिकी क्षेत्रमा बस्दै आएका हुन् भने अमेरिकामा जन्मिएका त्यस्ता शिशुले स्वतः नागरिकता पाउने छैनन्।

अमेरिकी क्षेत्रहरूमा जन्मिएका व्यक्तिहरूका लागि भने सङ्घीय कानुनले नै जन्मसिद्ध नागरिकताको व्यवस्था गरेको छ।

ट्रम्प र उनका प्रशासनिक अधिकारीहरूले ‘बर्थ टुरिजम’ को लगातार विरोध गर्दै आएका छन्। विशेष गरी रुस र चीन जस्ता प्रतिस्पर्धी देशहरूले अमेरिकामा घुसपैठ गर्न यस नीति/अधिकारको दुरुपयोग गरिरहेको आरोप उनीहरूले लगाउँदै आएका छन्। ओभल अफिसबाट सम्बोधन गर्ने क्रममा ट्रम्पले ‘बर्थ टुरिजम’ मार्फत अमेरिकामा लाखौँ बालबालिका जन्मिसकेको दाबीसमेत गरेका छन्।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ६ : ४५ बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको