राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार « Khabarhub

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२-८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गरेको छ । पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशतमा पुगेको छ ।

उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८२-८३ मा रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो । उक्त अवधिमा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन करिब एक अर्ब ७४ करोड ६० लाखले वृद्धि भएको हो ।

आर्थिक वर्ष २०८१-८२ मा कार्यालयलाई १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व संकलनको लक्ष्य दिइएको थियो। सो वर्ष १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व संकलन गर्दै कार्यालयले लक्ष्यको ९१.८६ प्रतिशत हासिल गरेको थियो ।

आर्थिक वर्ष २०८०-८१ मा  १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व संकलनको लक्ष्य रहेकामा  १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व संकलन भएको थियो । त्यस वर्ष लक्ष्य प्राप्ति दर ७८.४० प्रतिशत पुगेको थियो ।

आर्थिक वर्ष २०७९-८० मा रु २० अर्ब २४ करोड १८ लाख ३८ हजार राजस्व संकलनको लक्ष्य दिइएकामा १४ अर्ब चार करोड ५९ लाख २० हजार राजस्व संकलन भएको थियो । त्यसबेला लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशत रहेको थियो ।
    
चार आर्थिक वर्षको तथ्यांकले लक्ष्य प्राप्ति दरमा निरन्तर सुधार भएको देखाएको छ । यस अवधिमा लक्ष्य प्राप्ति ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशत पुगेको छ । वार्षिक लक्ष्यमा केही उतारचढाव भए पनि वास्तविक राजस्व संकलन भने पछिल्ला वर्षहरूमा निरन्तर वृद्धि हुँदै आएको छ ।

विसं २०१३ मा स्थापना भएको मेची भन्सार कार्यालय नेपालका प्रमुख तथा रणनीतिक महत्वका भन्सार कार्यालयमध्ये एक हो। कार्यालय मातहत छ वटा छोटी भन्सार कार्यालय रहेकामा हाल गौरीगञ्ज छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा रहेको कार्यालयका सूचना अधिकारी मांकल राईले जानकारी दिए । अन्य छोटी भन्सार कार्यालय हाल सञ्चालनमा छैनन् ।

मेची भन्सारबाट भारत, चीन, बङ्गलादेश, भुटानलगायत  मुलुकमा निकासी पैठारी हुँदै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १० : ०० बजे

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी