मानव-वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन ‘हात्ती सेन्चुरी’ कार्यक्रम : मन्त्री चौधरी « Khabarhub

मानव-वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन ‘हात्ती सेन्चुरी’ कार्यक्रम : मन्त्री चौधरी


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव वन्यजन्तुबीचको सहअस्तित्व जोगाउनका लागि ‘हात्ती सेन्चुरी’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताएकी छन् । 

आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले मानवको बाँच्ने अधिकार जस्तै वन्यजन्तुको पनि हुने बताइन् । 

उनले भनिन्, ‘जति मानवलाई बाँच्ने अधिकार छ, त्यति जीवजन्तुलाई पनि स्वतन्त्रता र बाँच्ने अधिकार छ । उनीहरूलाई सुरक्षित स्थानमा रही बाँच्न पाउने अधिकार रक्षाका लागि हात्ती सेन्चुरी मनाउन लागिएको छ ।’

हात्ती सेन्चुरीजस्तै टाइगर सेन्चुरी पनि मनाउने सोचमा सरकार रहेको बताउँदै मन्त्री चौधरीले यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। 

उनले भनिन्, ‘सरकारले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि विभिन्न कार्यक्रम अघि बढाएको छ ।’

मन्त्री चौधरीले अहिले सरकारले विगतका वर्षमा वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका तथा अङ्गभङ्ग भएकाहरूलाई राहत दिने काम गरिरहेको जानकारी दिइन् ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ४ : ३२ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी