जेन-जी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो : हमाल « Khabarhub

जेन-जी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो : हमाल


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासँग भेट गरेका छन्। उनले जेन-जी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन, मानव अधिकारको अवस्था तथा राज्यको जवाफदेहिताबारे छलफल गरेका छन्।

आयुक्त थापाकै संयोजकत्वमा तयार भएको जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदनका सिफारिस प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा सुरक्षा संयन्त्रमा अपेक्षित सुधार आउन नसकेको र त्यसकै परिणामस्वरूप राज्यको दमनात्मक प्रवृत्ति दोहोरिएको निष्कर्ष छलफलमा निकालिएको जनाइएको छ।

छलफलका क्रममा सुनसरी र सिराहामा सुरक्षा निकायबाट घातक हतियार प्रयोग हुँदा चार जनाको मृत्यु भएको घटनालाई उदाहरणका रूपमा उल्लेख गर्दै आयोगका सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता झन् बलियो बनेको धारणा व्यक्त गरिएको थियो।

भेटपछि हमालले आयोगका प्रतिवेदनलाई औपचारिक दस्तावेजका रूपमा सीमित नराखी राज्य सुधारको मार्गदर्शकका रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताए।

उनले मानव अधिकार उल्लङ्घनका प्रत्येक घटनामा सत्य, न्याय र जवाफदेहिता सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै नागरिकको जीवन र अधिकारको संरक्षण नै लोकतान्त्रिक शासनको आधार भएको धारणा व्यक्त गरे।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ५ : १४ बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको