आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन आग्रह « Khabarhub

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन आग्रह


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जबाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गरी ग्याँस आपूर्तिलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जबाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो । 

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिएको उल्लेख छ ।

विगत केही दिनदेखि काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव हुँदा उपभोक्तामा पर्न गएको असरप्रति आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्ताहरूसँग सोधपुछ गरी जानकारी लिएको जनाएको छ ।

साथै, आयोगले ग्यास बिक्री वितरण गर्ने डिपोहरु समेतको अनुगमन तथा अवलोकन गरिरहेको छ । आयोगले अनुगमन तथा अवलोकनको क्रममा उपभोक्ताले ग्यास सहजै पाउन नसकेको, ट्रयाकिङ प्रणाली नहुँदा उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गर्ने गरेको, बिक्रेताहरूले नियमित ग्राहकलाई प्राथमिकतामा राख्दा विद्यार्थी, दैनिक ज्याला मजदुरी गर्नेहरू र एक मात्र सिलिण्डर भएका निम्न वर्ग थप समस्यामा परेको, केही बिक्रेताहरूले कृत्रिम अभाव सिर्जना गरेको लगायतका तथ्यहरू प्राप्त भएको जनाएको छ ।

ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जबाफदेहिता तथा बजारमा कृत्रिम अभाव, कालोबजारी तथा अनुचित मूल्यवृद्धि नियन्त्रणका लागि नियमित बजार अनुगमन गरिरहेको उपभोक्ता संरक्षण विभागबाट जानकारी प्राप्त भए पनि बजारमा ग्यास अभाव रहेको पाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ८ : ०० बजे

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट

सुर्खेतमा करिब ३८ हजार ग्यास वितरण, अभाव कायमै

कर्णाली – विगतमा प्रतिमहिनामा २०/२६ हजारले पुग्ने सुर्खेतमा साउनको २०