जनताको जीवनभन्दा ठूलो कुनै पुरस्कार हुन सक्दैन : ज्ञानेन्द्र शाही « Khabarhub

जनताको जीवनभन्दा ठूलो कुनै पुरस्कार हुन सक्दैन : ज्ञानेन्द्र शाही


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सरकारले जनतालाई करको भार बोकाएर लाखौँ रुपैयाँ पुरस्कार बाँड्नुभन्दा स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

शाहीले सामाजिक सञ्जालमार्फत सरकारको स्वास्थ्य नीति तथा ज्येष्ठ नागरिकका लागि उपलब्ध स्वास्थ्य सेवाको विषयमा प्रश्न उठाएका हुन् ।

उनले स्वास्थ्य बीमा तथा ज्येष्ठ नागरिकलाई दिँदै आएको स्वास्थ्य सेवा कटौती नगरी निरन्तरता दिएको भए काभ्रेको कुन्ताबेसीका केदारनाथ पराजुलीले क्यान्सरपीडित श्रीमती तीलाकुमारीलाई पिठ्युँमा बोकेर सुनकोशी नदीमा हाम फालेर बेपत्ता हुनुपर्ने अवस्था नआउने दाबी गरेका छन् ।

अर्थमन्त्रीलाई सम्बोधन गर्दै शाहीले गरिब तथा असहाय नागरिकको स्वास्थ्य सेवा कटौती नगरी अझ बलियो बनाउन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘जनताको जीवनभन्दा ठूलो कुनै पुरस्कार हुन सक्दैन।’ शाहीले राज्यले प्राथमिकतामा जनताको जीवन र स्वास्थ्यलाई राख्नुपर्नेमा जोड दिएका छन्। जनतालाई आर्थिक भार थप्ने र ठूलो रकम पुरस्कारमा खर्च गर्नेभन्दा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने उनको भनाइ छ।

उनले स्वास्थ्य बीमा र ज्येष्ठ नागरिकको स्वास्थ्य सेवाजस्ता कार्यक्रमलाई प्रभावकारी बनाउँदै गरिब तथा असहाय नागरिकले उपचारकै अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ८ : ४३ बजे

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय