जनताको जीवनभन्दा ठूलो कुनै पुरस्कार हुन सक्दैन : ज्ञानेन्द्र शाही « Khabarhub

जनताको जीवनभन्दा ठूलो कुनै पुरस्कार हुन सक्दैन : ज्ञानेन्द्र शाही


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सरकारले जनतालाई करको भार बोकाएर लाखौँ रुपैयाँ पुरस्कार बाँड्नुभन्दा स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

शाहीले सामाजिक सञ्जालमार्फत सरकारको स्वास्थ्य नीति तथा ज्येष्ठ नागरिकका लागि उपलब्ध स्वास्थ्य सेवाको विषयमा प्रश्न उठाएका हुन् ।

उनले स्वास्थ्य बीमा तथा ज्येष्ठ नागरिकलाई दिँदै आएको स्वास्थ्य सेवा कटौती नगरी निरन्तरता दिएको भए काभ्रेको कुन्ताबेसीका केदारनाथ पराजुलीले क्यान्सरपीडित श्रीमती तीलाकुमारीलाई पिठ्युँमा बोकेर सुनकोशी नदीमा हाम फालेर बेपत्ता हुनुपर्ने अवस्था नआउने दाबी गरेका छन् ।

अर्थमन्त्रीलाई सम्बोधन गर्दै शाहीले गरिब तथा असहाय नागरिकको स्वास्थ्य सेवा कटौती नगरी अझ बलियो बनाउन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘जनताको जीवनभन्दा ठूलो कुनै पुरस्कार हुन सक्दैन।’ शाहीले राज्यले प्राथमिकतामा जनताको जीवन र स्वास्थ्यलाई राख्नुपर्नेमा जोड दिएका छन्। जनतालाई आर्थिक भार थप्ने र ठूलो रकम पुरस्कारमा खर्च गर्नेभन्दा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने उनको भनाइ छ।

उनले स्वास्थ्य बीमा र ज्येष्ठ नागरिकको स्वास्थ्य सेवाजस्ता कार्यक्रमलाई प्रभावकारी बनाउँदै गरिब तथा असहाय नागरिकले उपचारकै अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ८ : ४३ बजे

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको