काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले ढिलो होला तर गलत नहुने बताएका हुन् ।
उनले नआत्तिन पनि सबैलाई आग्रह गरेका छन् ।
शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताएका छन् । कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटी नभएको बताएका छन् ।
‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ उनले भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’
शाह नेतृत्वको सरकारको काम गर्ने ढंग ठीक नभएको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै आलोचना गरेका थिए ।
सांसदहरु मनिष झा, इन्दिरा राना, रमेश प्रसाईं, टीका संग्रौला, कमल सुवेदी लगायतले खाना पकाउने ग्यासको अभाव, रासायनिक मलको संकट, किसानलाई बाँदरले दिएको दुःखदेखि स्वास्थ्य उपचारसम्मका विषय उठाउँदै सरकारलाई नागरिकको दुःखमा देखिन आग्रह गरेका थिए ।












प्रतिक्रिया