लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित « Khabarhub

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा कुनै कमी आएको छैन। २२ वर्षपछिको प्रिमियर लिग उपाधि जितेको गत सिजनको अन्त्यजस्तै टोलीले यो सिजनको सुरुवात पनि उस्तै प्रभावशाली ढंगले गरेको छ।

कोभेन्ट्री सिटी र एस्टन भिल्लामाथि सहज जित हात पारेको आर्सनलले आइतबार भएको रोमाञ्चक लन्डन डर्बीमा भारी रकम खर्चिएको चेल्सीलाई २-१ ले पराजित गर्‍यो। सुरुवाती अग्रता गुमाए पनि आर्सनलले उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गरेको हो।

टोलीको जितमा पुराना अनि परिचित खेलाडीकै भूमिका मुख्य रह्यो। सन् २०२३ देखि आर्सनलमा रहेका काई हाभर्ट्ज र २०२१ मा टोलीमा आबद्ध भएका कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए। गत सिजनयता करिब ३५ करोड पाउन्ड खर्च गरिसकेको चेल्सीविरुद्ध आर्सनलले सिजनको पहिलो ठूलो परीक्षा सफलतापूर्वक पार गरेको छ।

तीन खेलबाट शतप्रतिशत ९ अंक बटुलेको आर्सनलले हालसम्म मात्र एक गोल व्यहोरेको छ। टोलीका मुख्य खेलाडीहरूले नै हरेक खेलमा निर्णायक प्रदर्शन गरिरहेका छन्।

आर्सनलको यो प्रदर्शनबारे टिप्पणी गर्दै पूर्व प्रिमियर लिग विजेता क्रिस सटनले बीबीसी स्पोर्ट्ससँग भने, “अहिलेको अवस्थामा आर्सनलको यात्रा रोक्न सक्ने कुनै टोली म देख्दिनँ।”

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ६ : ५४ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ