लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी « Khabarhub

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको मद्दतमा एफसी बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि ५-० को फराकिलो जित दर्ता गरेको छ । भ्यालेन्सियाको घरेलु मैदानमा आइतबार राति भएको खेलमा यामालले यस सिजनको ला लिगामा आफ्नो पहिलो गोलको खाता खोलेका हुन् ।

खेलको छैटौं मिनेटमै प्राप्त पासलाई १९ वर्षीय यामालले उत्कृष्ट ढङ्गले टो-पिक गर्दै गोलमा परिणत गरी बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । गोलपछिको उत्सवका क्रममा उनले औंला मुखमा हालेर आफ्ना चार वर्ष पुगेका भाइ केयनप्रति गोल समर्पित गरे । उक्त खेल हेर्न उनकी आमा र भाइ रङ्गशालामा उपस्थित थिए ।

बार्सिलोनाका लागि फर्मीन लोपेज, राफिन्हा र रोड्रिले थप एक-एक गोल गर्दै टोलीको अग्रता फराकिलो बनाएका थिए । खेलको ८४ औं मिनेटमा डानी ओल्मोको पासमा यामालले बायाँ खुट्टाले दोस्रो गोल गर्दै बार्सिलोनाको ५-० को जित पक्का गरे ।

यो जितसँगै बार्सिलोनाले लगातार चार खेल जित्दै ला लिगाको शीर्ष स्थान कायम राखेको छ । चोटका कारण अघिल्लो सिजनको अन्तिम केही खेल गुमाएका यामालले यसै गृष्मकालीन विश्वकपमा स्पेनलाई दोस्रो पटक उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ८ : ०६ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ