लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी « Khabarhub

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको मद्दतमा एफसी बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि ५-० को फराकिलो जित दर्ता गरेको छ । भ्यालेन्सियाको घरेलु मैदानमा आइतबार राति भएको खेलमा यामालले यस सिजनको ला लिगामा आफ्नो पहिलो गोलको खाता खोलेका हुन् ।

खेलको छैटौं मिनेटमै प्राप्त पासलाई १९ वर्षीय यामालले उत्कृष्ट ढङ्गले टो-पिक गर्दै गोलमा परिणत गरी बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । गोलपछिको उत्सवका क्रममा उनले औंला मुखमा हालेर आफ्ना चार वर्ष पुगेका भाइ केयनप्रति गोल समर्पित गरे । उक्त खेल हेर्न उनकी आमा र भाइ रङ्गशालामा उपस्थित थिए ।

बार्सिलोनाका लागि फर्मीन लोपेज, राफिन्हा र रोड्रिले थप एक-एक गोल गर्दै टोलीको अग्रता फराकिलो बनाएका थिए । खेलको ८४ औं मिनेटमा डानी ओल्मोको पासमा यामालले बायाँ खुट्टाले दोस्रो गोल गर्दै बार्सिलोनाको ५-० को जित पक्का गरे ।

यो जितसँगै बार्सिलोनाले लगातार चार खेल जित्दै ला लिगाको शीर्ष स्थान कायम राखेको छ । चोटका कारण अघिल्लो सिजनको अन्तिम केही खेल गुमाएका यामालले यसै गृष्मकालीन विश्वकपमा स्पेनलाई दोस्रो पटक उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  ८ : ०६ बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा