इरानी शासनको अन्त्य नजिक : नेतान्याहु « Khabarhub

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको दाबी गर्दै इजरायलले आफ्नो अस्तित्वमाथिको खतरा हटाउन ठूलो सफलता हासिल गरेको बताएका छन् ।

रोश हसानाहको अवसरमा आइतबार आयोजित सरकारी बैठकमा उनले संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायलले इरानको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र क्षमतामाथि प्रहार गरेको बताए । इजरायल पहिलेभन्दा बलियो र उसका शत्रुहरू कमजोर बनेको उनको दाबी थियो ।

इरानले इजरायलमाथि आक्रमण गर्ने गल्ती गरे त्यसले कल्पना नगरेको ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै नेतान्याहुले इजरायललाई परीक्षण नगर्न आफ्ना विरोधीलाई आग्रह गरे। उनले इजरायल मध्यपूर्वको सबैभन्दा बलियो महाशक्ति बनेको दाबी गरे।

इजरायली रक्षा बलले गाजा, लेबनान तथा जुडिया र सामरियामा आतङ्कवादीलाई निरन्तर लक्षित गरिरहेको उनले बताए।

नेतान्याहुले अझै महत्त्वपूर्ण उद्देश्य पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै इरानी शासनको अन्त्यलाई प्रमुख लक्ष्यका रूपमा प्रस्तुत गरे। ‘इरानको यो शासनको अन्त्य नजिक छ । यो कमजोर छ, आफ्नो अस्तित्वका लागि लडिरहेको छ र निरन्तर कमजोर हुँदै गएको छ’, उनले भने।

उनले बाँकी उद्देश्य पूरा गर्न इजरायल दृढ र सक्षम रहेको बताउँदै त्यसबाट मध्यपूर्वको स्वरूप र इजरायली जनताको इतिहास स्थायी रूपमा परिवर्तन हुने दाबी गरे।
 

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  १२ : २४ बजे

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

मेक्सिको- मेक्सिकोको मध्य क्षेत्रमा रहेको मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका

दुई नायिकाको फ्लप डेब्यू

काठमाडौं – नायिकाको प्राइम करिअर ओझेलमा परेपछि प्रियंका कार्की र

पाक्नै लागेको धानबाली नष्ट, भक्तपुरका किसान दुःखी

भक्तपुर– गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा

कुमारी बैंक पीसीएएफमा आबद्ध

काठमाडौं– कुमारी बैंक लिमिटेडले ‘वित्तीय संस्थाहरूका लागि कार्बन लेखांकन साझेदारी’