संसद्‌मा अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’  « Khabarhub

संसद्‌मा अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’ 


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै यो कठिन घडीमा नेपाल एक्लो नरहेको बताएका छन्।

अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले बाढीका कारण अस्ट्रेलियाका ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको जानकारी दिएका छन्।

 उनले बेपत्ता नागरिकका परिवार तथा आफन्तप्रति सहानुभूति व्यक्त गर्दै उनीहरूको सकुशल उद्धारको आशा व्यक्त गरे।

नेपालले सोमबार राष्ट्रिय शोक मनाइरहेका बेला प्रधानमन्त्री अल्बानिजले सामाजिक सञ्जालमार्फत समेत विपत्तिमा ज्यान गुमाउने तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

अल्बानिजले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका थिए ।

प्रधानमन्त्री अल्बानिजले अस्ट्रेलिया सरकारले अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती तथा भारतीय समुदायसँग निरन्तर समन्वय गरिरहेको पनि बताए।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  १२ : ४० बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा