विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ « Khabarhub

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज तथा उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराउन प्रेस ब्रिफिङ आयोजना गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीका कारण जलविद्युत आयोजनाका सुरुङ तथा संरचनामा फसेका वा सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा उद्धारमा भइरहेका प्रयासबारे सञ्चारकर्मीलाई जानकारी दिन प्रेस ब्रिफिङ आयोजना गरिएको  हो ।

सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजना ब्रिफिङमा प्रभावित जलविद्युत आयोजनामा भइरहेको खोज, उद्धार, सुरक्षा अवस्था तथा हालसम्म भएका प्रगतिबारे नेपाली सेना, सशश्त्र प्रहरी र नेपाल प्रहरी जानकारी दिएको छ ।

गत भदौ १० गते रसुवामा आएको भीषण बाढीका कारण जलविद्युत आयोजना, सडक, पुललगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य विभिन्न निकायको समन्वयमा जारी छ।

तस्बिर : नेपाल फाेटाे लाइब्रेरी

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  २ : ३३ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग