अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी « Khabarhub

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी अभियानमा सैन्य तैनाथी वा सहभागिता नजनाउन चेतावनी दिएको छ । इरानले यस्तो कदमले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने जनाएको छ । दक्षिण कोरियाले शुक्रबार रणनीतिक महत्वको होर्मुज जलसन्धिमा अमेरिकी सुरक्षा प्रयासमा योगदान गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो ।

फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध सुरु भएयता इरानले यस क्षेत्रमा ठूलो हदसम्म नियन्त्रण कायम राखेको छ । सोलले आफ्नो सैन्य तयारीमा असर नपर्ने सर्तमा सम्भावित सहभागिताबारे विचार गरिरहेको जनाएको छ । तर यस विषयमा कुनै निर्णय भइनसकेको पनि उसले स्पष्ट पारेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले सोमबार दक्षिण कोरियालाई अमेरिकी दबाब र धम्कीको अगाडि नझुक्न आग्रह गरे । “फारसी खाडी वा होर्मुज जलसन्धिमा अन्य देशले गर्ने कुनै पनि सैन्य तैनाथी वा अभियानमा सहभागितालाई आक्रामकताका लागि जिम्मेवार पक्षको प्रत्यक्ष समर्थनका रूपमा मात्र बुझ्न सकिन्छ र यसका गम्भीर परिणाम हुनेछन्”, उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन् ।

अप्रिलमा भएको युद्धविरामले सुरुवाती तीव्र बमबारी अन्त्य गरे पनि इरान र अमेरिकाबीच होर्मुज जलसन्धि तथा आसपासका क्षेत्रमा तनाव र गोली हानाहान जारी रहेको छ । होर्मुजमाथि नियन्त्रण कायम गर्ने विषयमा देखिएको विवादका कारण दुई देशबीचको वार्ता पनि अवरुद्ध भएको छ ।

सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही जलसन्धिमार्फत ढुवानी हुने गर्छ । युद्ध सुरु भएयता यस महत्वपूर्ण जलमार्गमा जहाज आवतजावत लगभग ठप्प हुँदा विश्वव्यापी ऊर्जा बजारमा समेत अवरोध सिर्जना भएको छ ।

इरानले जलसन्धिमार्फत आवतजावत गर्ने जहाजलाई आफ्नो अनुमति लिन अनिवार्य गरेको छ । वासिङ्टनसहित क्षेत्रका धेरै देशले यसको विरोध गरेका छन् । इरानले भने युद्धअघि जस्तै निर्वाध रूपमा जहाज आवतजावत गर्ने व्यवस्था पुनःस्थापित गर्न नसकिने अडान लिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ४ : ४३ बजे

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा