मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री « Khabarhub

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ ।

बैठकमा एलडीपी नीति प्रमुख ताकायुकी कोबायाशी, एलडीपीका कार्यकारी कार्यवाहक महासचिव कोइची हागिउडा र मुख्य क्याबिनेट सचिव मिनोरु किहारा सहभागी भएको रिपोर्टमा उल्लेख छ । 

सोमबार अपरान्ह ताकाइचीले एलडीपीका महासचिव शुनइची सुजुकीसँग भेट गरेकी छन् ।

यो फेरबदलको चर्चा शरद ऋतुमा हुने असाधारण संसदीय अधिवेशनअघि आएको हो ।

‘ताकाइचीले अर्को शरद ऋतुमा हुने पार्टी अध्यक्षीय निर्वाचनमा सम्भावित प्रतिद्वन्द्वीहरूलाई नियन्त्रणमा राख्न उनीहरूलाई प्रमुख पदहरू दिएर आफ्नो प्रशासनको आधार बलियो बनाउने इरादा राखेको देखिन्छ,’ रिपोर्टमा भनिएको छ ।
 

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  ६ : २८ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली