मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री « Khabarhub

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ ।

बैठकमा एलडीपी नीति प्रमुख ताकायुकी कोबायाशी, एलडीपीका कार्यकारी कार्यवाहक महासचिव कोइची हागिउडा र मुख्य क्याबिनेट सचिव मिनोरु किहारा सहभागी भएको रिपोर्टमा उल्लेख छ । 

सोमबार अपरान्ह ताकाइचीले एलडीपीका महासचिव शुनइची सुजुकीसँग भेट गरेकी छन् ।

यो फेरबदलको चर्चा शरद ऋतुमा हुने असाधारण संसदीय अधिवेशनअघि आएको हो ।

‘ताकाइचीले अर्को शरद ऋतुमा हुने पार्टी अध्यक्षीय निर्वाचनमा सम्भावित प्रतिद्वन्द्वीहरूलाई नियन्त्रणमा राख्न उनीहरूलाई प्रमुख पदहरू दिएर आफ्नो प्रशासनको आधार बलियो बनाउने इरादा राखेको देखिन्छ,’ रिपोर्टमा भनिएको छ ।
 

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ६ : २८ बजे

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा